अमेरिकामा कोरोनाबाट ११जनाको मृत्युपछि क्यालिफोर्नियामा आपतकाल घोषणा
अमेरिकाकोमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण हाल युरोप, खाडी र अमेरिकामा बढ्दै गएको छ। मृत्यु हुनेमा १० जना वासिङटन राज्यका रहेको बताइएको छ।
क्यालिफोर्नियामा भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएपछि त्यहाँ आपतकाल घोषणा गरिएको छ। मृत्यु हुने ७१ वर्षीय वृद्ध रहेको र उनी प्रिन्सेस क्रुज शिपको यात्रु भएको बताइएको छ। उनलाई त्यहाँबाट उद्धार गरेर अमेरिका ल्याइएको थियो।
अमेरिकाको वासिङटन र फ्लोरिडा राज्यले यसअघि नै आपतकाल घोषणा गरिसकेको छन्। अमेरिकाको १६ वटा राज्यमा भाइरसको संक्रमण देखिएको छ। हालसम्म अमेरिकामा १५० जनामा भाइरसको संक्रमण पुष्टि भएको छ। भाइरसको संक्रमणबाट विश्वभर करिब ३ हजारभन्दाको बढीको मृत्यु हुँदा ९३ हजारमा संक्रमण देखिएको छ।
प्रतिक्रिया