डब्लूएचओद्वारा दक्षिणपूर्वी एसियामा कोरोना देखिएको भन्दै सतर्कता अपनाउन आग्रह

डब्लूएचओद्वारा दक्षिणपूर्वी एसियामा कोरोना देखिएको भन्दै सतर्कता अपनाउन आग्रह

भारत, इन्डोनेसिया र थाइल्याण्डले कोराना भाइरस पुष्टि गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दक्षिण एसियाली देशहरूलाई सतर्कता बढाउन र रोकथामका उपायहरू सुनिश्चित गर्न आग्रह गरेको छ ।

डब्लूएचओका दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले दक्षिणपूर्वी र दक्षिण एसियाली देशहरुमा कोरोनाको संक्रमण देखिएको भन्दै विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

दक्षिण एसिया र दक्षिणपूर्वी एशियाका ११ वटा देशहरु नेपाल, बंगलादेश, भुटान, कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, र पूर्वी टिमोर कोरोना भाइरसको उच्च जोखिममा रहेकोले सतर्कता अपनाउन भनिएके हो ।