सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड, तोलाको ८० हजार ७ सय पुग्यो

सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड, तोलाको ८० हजार ७ सय पुग्यो

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । यसअघि फागुन २१ गते बुधबार (हिजो) २२ सयले बढेर ८० हजार ५०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले आज त्यो दिनको रेकर्ड तोडेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर ८० हजार ७०० रुपैयाँ पुगेको छ यो भाउ अहिलेसम्मकै उच्च भाउ हो ।

कोरोना प्रभावका कारण लगानीकर्ता सुन बजारमा आकर्षित हुँदा अन्तराष्ट्रियस्तरमै सुन महंगो भएको छ भने युएस डलरको एक्सचेन्ज दर उच्च हुँदा त्यसको दोहोरो असर सुनको मूल्यमा परेको ब्यवसायीहरुको भनाइ छ । कोरोनाको त्रास चीन हुँदै अहिले अमेरिका र दक्षिण एसिया, दक्षिणपूर्वी एसियामा समेत उच्च सर्तकता अपनाउन भनिएको छ । 

बिहिबार तेजावी सुनको मूल्य ८० हजार ४०० रुपैयाँ पुगेको छ । चाँदीको भाउ भने ८ सय ८० रुपैयाँनै कायम भएको नेपाल सुन चाँदी व्यवसाही महासंघले जनाको छ । ।