वैद्य माओवादीको संगठन विस्तार अभियान स्थगित

वैद्य माओवादीको संगठन विस्तार अभियान स्थगित

काठमाडौं, २३ फागुन ।  मोहन वैद्यले नेतृत्व गर्दे आएको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले ‘राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियान’ स्थगित गरेको छ ।

कोरोना भाइरसका कारण अभियान १५ दिनका लागि स्थगित गरिएको महासचिव मोहन वैद्यले बताए ।