सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड, तोलाको ८२ हजार ५०० रुपैयाँ

सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड, तोलाको ८२ हजार ५०० रुपैयाँ

सुनको भाउ लगातार बढेर दिनहुँ नयाँ रेकर्ड बनाउन थालेको छ। फागुन २३ गते शुक्रबार पनि सुन तोलामा १८ सय रुपैयाँले बढेर ८२ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन बिहीबार तोलामा २०० रुपैयाँले बढेर ८० हजार ७०० रुपैयाँ कायम भएको छापावाला सुनको भाउ बिहीबार फेरी बढेको हो। 

शुक्रबार तेजाबी सुन भने प्रतितोला ८२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

यसरी नेपाली बजारमा सुनको भाउ एक सातामा प्रतितोला ३ हजार ३०० रुपैयाँले बढीसकेको छ। गत साताको शुक्रबार अर्थात फागुन २३ गते ७९ हजार २०० रुपैयाँ थियो ।

यसैगरी शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ८९० रुपैयाँ पुगेको छ।  

कोरोना भाइरसकै कारण अन्तराष्ट्रिय ब्यापार तहसनहस भैरहेकोले सुरक्षित लगानीको रुपमा सुनतर्फ लगानीकर्ता आकर्षित हुँदा सुनको भाउ उच्च रहन पुगेको हो ।  अन्तराष्ट्रिय लगानीकर्ताहरुको आकर्षण बढ्दा अन्तराष्ट्रिय क्षेत्रमा सुनको भाउ बढेको छ जसले गर्दा नेपालमा पनि सुनको भाउ बढेको उनको बुझाइ छ। नेपालमा सुन उत्पादन हुँदैन । आयातको भरपर्नुपर्ने सुन महंगिदा उपभोक्तालाई भने प्रत्यक्ष असर परेको छ । सुनचाँदी ब्यवसायीहरुका अनुसार पछिल्लो समय सुनको भाउ महंगिएपछि बजारमा खासै चहलपहल छैन । दैनिक २० के.जी. सुन खपत हुँदै आएकोमा अहिले मुस्किलले केही मात्र सुनको अर्डर आउने गरेको ब्यवसायीहरुले बताएका छन् ।