सम्पूर्ण चलचित्र छायांकन रोक्न आग्रह
काठमाडौं, २३ फागुन । कोरोनाका कारण नेपाल चलचित्र निर्माता संघले सम्पूर्ण छायांकन रोक्न आग्रह गरेको छ ।
संघले शुक्रबार विज्ञप्तिजारी गर्दै छायांकन चलिरहेका र तयारीमा रहेका सबै चलचित्रलाई छायाङ्कन रोक्न अनुरोध गरेको हो ।
संघका महासचिव रोज राणाले विज्ञप्तिमार्फत ठूला जमघट नगर्न सरकारले गरेको आग्रह बमोजिम अर्को सूचना नआएसम्म छायांकन रोक्न अनुरोध गरेका हुन् ।
प्रतिक्रिया