१२ बजेपछि भरतमोहनको अन्त्येष्टि आर्यघाटमा

१२ बजेपछि भरतमोहनको अन्त्येष्टि आर्यघाटमा

 
१९ फागुन, काठमाडौं । दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । उनलाई श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताका साथै आम जनसमुदाय गइरहेका छन् । उनको पार्थिव शरीरमा पार्टीका दुई अध्यक्ष खड्ग ओली र पुस्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए । 


श्रद्धाञ्जली कार्यक्रम दिउँसो १२ बजेसम्म चल्ने र त्यसपछि शवयात्रासहित आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 

नेता अधिकारीको ८४ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा ह्याम्स अस्पताल काठमाण्डौमा निधन भएको हो ।