लागुऔषध कारोबारीको जालो तोड्दै सिरहा प्रहरी
सिरहा, २३ फागुन । भारतीय बजार ठाढीबाट लागुऔषध लिएर आउँदै गरेका लहान नगरपालिका ५ का २१ बर्षीय दिपेन्द्र कुमार यादव र २१ बर्षीया विपना मानन्धरलाई प्रहरीले लहान ४ बाट पक्राउ गर्यो ।
इलका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा ११ ग्राम, नाईट्राभेट ८१ पिससहित दुबै जनालाई पक्राउ ग¥यो । यसको अघिल्लो दिन प्रहरीको टोलीले डेढ किलो अबैध लागूऔषध गाँजासहित सिरहाको औरही गाँउपालिका ४ ईट्टाटार खैजनपुर निवासी ४० बर्षीय रामसेवक यादवलाई पक्राउ गर्यो ।
करेशाबारीमा लगाएको ३९ बोट गाँजा फडानि गरी सुकाईरहेको अवस्थामा डेढ किलो गाँजासहित यादवलाई पक्राउ रेको प्रहरीले गरिएको प्रहरीले त्यही दिन लागुऔषध गाँजासहित सिरहाको लक्ष्मीपुर पतारीबाट एक व्यापारीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोलीले डेढ केजी गाँजासहित लक्ष्मीपुर पतारी गाउँपालिका ५ पोखरभिण्डा निवासी ४७ बर्षीय बद्री प्रसाद साहलाई पक्राउ गरेको हो । किराना पसलमा बेच्नको लागी लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा र नगद रु.१ हजार ८९५ सहित साहलाई पक्राउ गरेको थियो ।
यसरी प्रहरीले सिरहामा कडाई गरेपछि दिनहुँ लागुऔषध सेवनकर्ता र कारोबारीहरु धमाधम पक्राउ पर्दै आएको छ । सिरहा जिल्लामा ब्राउन सुगर जस्तो गम्भीर किसिमको लागूऔषधको कारोबार गर्दै गर्दाको अवस्थामा त्यससँग संलग्न व्यक्तिहरु समेत पक्राउ पर्न थालेका छन् ।
लागुऔषध मात्रै होईन्, सीमावर्ती भारतीय बजारबाट लुकीछिपी ल्याइने विभिन्न किसिमका लागूऔषध ब्राउन सुगर र नेपालबाट भारततर्फ पैठारी हुने गाँजाको ओसारपोसारमा संलग्नलाई प्रहरीले लगभग दिनहुँ पक्राउ गरिरहेको छ ।
चालु आर्थिक वर्ष ०७६÷०७७ को हालसम्मको अबधीमा सिरहा प्रहरीले ६ हजार ४४३ थान विभिन्न प्रकारका लागूऔषधसहित १५५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता प्रहरी नायब उपरिक्षक बिनोद घिमिरेले जानकारी दिनुभयो । प्रबक्ता घिमिरेका अनुसार सो अबधीमा लागुऔषधसहित १५२ जना स्वदेशी पुरुष, १ जना स्वदेशी महिला र २ जना बिदेशी पुरक्षलाई पक्राउ गरिएको छ ।
लागूऔषध कारोबारीमा सिरहा प्रहरीले १११ वटा मुद्दा चलाइसकेको छ । नेपाल–भारत सीमा जोड्ने जयनगर, पिपराही, लदनियाँ, लोकहालगायतका भारतीय बजारका औषधी पसलहरुबाट सहजै ल्याउने लागुऔषध राजधानी काठमाण्डौसम्म पुग्ने गरेका छन् । सिमाबर्ती भारतीय बजारमा पुगेर लागूऔषध सेवन र खरिद गरी नेपाल ल्याउने युवाजमात बढ्दो छ । प्रहरीले सीमा नाकामा ओहोरदोहोर गर्ने युवा जमातलाई लक्षित गरेर चेकजाँचलाई कडाई गरेसँगै अधिकांश युवाको साथबाट केही न केही मात्रामा लागूऔषधका सामग्रीहरु बरामद् हुने गरेको बताइन्छ ।
लागूऔषध सेवन र कारोबारीको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन् । पक्राउ पर्ने प्रयोगकर्ताहरु अभिभावकको निगरानीमा नभएका युवा रहेको स्थानीय अगुवाहरु बताउँछन् । पढाइ छोडेर बसेका, काम नपाएर फुर्सदमा बसेका युवा साथीसङ्गतको वहकाउमा परेर दुव्र्यसनीमा फस्ने गरेको सिरहाको सुखीपुरका स्थानीय रमेश साहले बताए । उनी भन्छन् यसअघि प्रयास मधेशी समुदायमा लागुऔषको दुव्र्यसनि देखिदैन थियो, तर पछिल्लो समय युवा जमातमा ह्वातै त्यसको लत देखिन्छन् ।” यो सबैको लागि चिन्ताको बिषय बनेको उनको भनाई छ ।
छोरालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउँदा पनि अभिभावकले आफ्ना छोराहरु लागुऔषध दुव्र्यसनमा लागेको पत्याउँदैन, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले भने ‘लागूऔषधको दुव्र्यसनबाट बच्न अभिभावक, विद्यालय, शिक्षक र घर परिवार आफैं सचेत हुनुपर्छ ।”
गाँजाको खेती नेपाली भूमिमा नै गरिने हुँदा लागूऔषधको नियन्त्रणको साथसाथै गाँजाको खेती नष्ट गर्ने अभियान समेत प्रहरीले थालेको छ । भारतबाट भित्रिने लागूऔषध र सिरहामा हुने गाँजा खेतीलाई निरुत्साहित गर्न बिशेष अभियषन नै चलाएको प्रहरी नायब उपरिक्षक घिमिरेको भनाई छ ।
यसका साथै सिरहा प्रहरीले चालु आर्थिक बर्ष ०७६÷०७७ को हालसम्ममा बिभिन्न मुद्दामा फरार ११७ जनालाई पक्राउ गर्न सफल भएको छ । अदालतको फैसला कार्यान्वयनका बिभिन्न मुद्दामा फरारहरुलाई धमाधम पक्राउ गर्न थालेको प्रहरी नायब उपरिक्षक घिमिरेको भनाई छ ।
प्रतिक्रिया