इटालीमा एकै दिन कोरोनाका कारण एक सय ३३ को मृत्यु
कोरोना भाइरसले इटालीमा एक दिनमा एक सय ३३ को मृत्यु भएको छ । यसबाट इटालीमा मृत्यु हुनेको संख्या तीन सय ६६ पुगेको छ । एक दिनमा संक्रमण एक हजार चार सय ९२ रहेको छ । इटलीमा दुई करोडभन्दा बढी मास्कको अर्डर गििरएको छ ।
चीनको पछि सबैभन्दा कोरोना प्रभावित देशमा इटाली पुगेको छ । अहिलेसम्म तीन सय ६६ र संक्रमण प्रभावित सात हजार तीन सय ७५ पुगेको छ ।
अधिकांश मृत्युको संख्या उत्तरी इटालीमा भएको छ /
इटाली सरकारले कोरोना भाइरस फैलनबाट रोक्न देशभरका सिनेमा घर, थियटर र संग्रहालय बन्द गर्न निर्देशन दिएको छ । इटालीका समवेदनशील इलाकाका डेढ करोड जनतालाई घरमै बस्ने अवस्था सिर्जना गरेको छ । स्कूल, नाइट क्लब, क्यासिनो लगायत मान्छेको भीडभाड हुने क्षेत्रमा प्रतिबन्ध नै लगाएको छ ।
प्रतिक्रिया