एसियाली बजार रातो रेखातर्फ झ-यो ,लगानीकर्ता सुरक्षित ठाउँ खोज्दै
काठमाडौ । एसियाली बजार रातो रेखाको गहिरो भाग तर्फ झरिरहेको बेला सुनको भाउ ७ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ ।
कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई मन्दी तर्फ डो¥याएका बेला तेलको बजार मूल्य ध्वस्त हुँदा एस एन्ड पी, डो र नस्दकको भविष्य बजार ओरालो लागेको हो ।
जापानको निक्की २२५ र टोपिक्स ५ प्रतिशत ओरालो लागेको छ ।
अमेरिकी डलर विरूद्धको जापान येन ३ प्रतिशतले बढेर गएको छ ।
दक्षिण कोरियाको कोस्पी ३ प्रतिशतले झरेको छ ।
हङकङ सेङ ३.६ प्रतिशतले खस्किएको छ ।
चीनको संघाइ र शेन्झेनको संयुक्त सूचकांक १.५ प्रतिशत बढीले झरेको छ ।
प्रतिक्रिया