घाँस काट्न निस्केकी महिला मृता फेला  

घाँस काट्न निस्केकी महिला मृता फेला  

डोटी, २६ फागुन । जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।