चीनमा कोरोना नियन्त्रण नजिक, वुहान बाहिर बिरामी भेटिएनन्

चीनमा कोरोना नियन्त्रण नजिक, वुहान बाहिर बिरामी भेटिएनन्

चीनले महामारीको रूप लिएको कोरोनाभाइरस नियन्त्रण नजिक आइपुगेको छ । पछिल्लो प्राप्त रेकर्ड अनुसार आइतबार चीनभित्र जम्मा ४० जनामात्र नयाँ विरामी बुहानमा मात्र भेटिएका छन् । बुहानबाहिर एकजनापनि कोरोना संक्रमित नभएटिएबाट कोरोनाको उदगमस्थल वुहानभन्दा बाहिर कोरोना लगभग नियन्त्रणमा आइसकेको छ। हुबेई प्रान्त भन्दाबाहिर विदेशबाट आएका चार जनाबाहेक अरूमा आइतबार नयाँ संक्रमण भने देखिएको छैन। 
आइतबार वुहानबाट कोरोनाका कारण २२ जनाको ज्यान गएको छ । यसबाट मृत्युको ग्राफ पनि निकै घट्दो क्रममा रहेको देखिन्छ । 

नयाँ संक्रमितको संख्या घट्नुलाई निक्कै ठूलो उपलब्धि मानिएको छ ।  दिनको दुईगुणा र रातमा चारगुणको दरले फैलिएको कोरोना भाइरस संक्रमण दर यसरी घट्नु निक्कै सकरात्मक हो जुन चिनियाँ सरकारको दृढ संकल्पले सफल भएको हो ।  

फेब्रुअरी ४ मा एकैदिन ३ हजार ८ सय  ८७ जना नयाँ संक्रमित भेटिएका थिए। जनवरी २३ देखि वुहान सहरलाई पूर्ण रूपमा बन्द गरिएको थियो। सहर बन्द गरिए पनि संक्रमणको दर वुहानबाहिर पनि बढेको थियो।

कोरोनाभाइरसका कारण अहिलेसम्म चीनमा  ३ हजार १ सय १९ मानिसले ज्यान गुमाए छन् भने ८० हजार ३ सय ७५ जना बिरामी भएका छन्।

कोरोनाको कहर चीनमा घटे पनि इरान र इटालीमा भने तीव्र गतिमा फैलिरहेको छ। इटालीमा एकैदिन १ सय ३३ जनाको मृत्यु भएको छ। इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ।

इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोनाभाइरसको संक्रमण भएको छ। संक्रमित सेनाप्रमुख फारिनाले आफू ठीक रहेको र सेल्फ–क्वारेन्टाइनमा रहेको बताएका छन्।

इटाली सरकारले पनि कोरोना नियन्त्रणको लागि पछिल्लो समय निक्कै कडा कदम उठाएको छ। इटालीमा लोम्बार्दी र १४ प्रान्तका १ करोड १६ लाख मानिसको आवतजावतमा कडाइ गरिएको छ भने विशेष अवस्थामा बाहेक बिना अनुमति घरबाहिर निस्कन रोक लगाइएको छ। यससँगै देशभरका स्कुल, कलेज, जिमखाना, म्युजियम, नाइट क्लबलगायतका सार्वजनिक स्थलहरू बन्द गरिएका छन् ।

इरानमा पनि यसको संक्रमण उच्च देखिएको छ। इरानमा ६ हजार ५ सय ६६ जनालाई कोरोनाभाइरस पुष्टि भएको छ भने १९४ जनाको ज्यान गइसकेको छ।