आफ्नो दुख बेच्न ट्रम्पसम्मको उपयोग गर्न हलिउड खप्पिस 

 आफ्नो दुख बेच्न ट्रम्पसम्मको उपयोग गर्न हलिउड खप्पिस 


काठमाडौ । हलिउड सिनेमा उद्योगले आफ्नो दुख बेच्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मलाई बेच्न सक्ने गरी खप्पिस भएको टिप्पणी गरिएको छ । एक वर्षयता व्यापक चर्चामा रहेको हलिउड फिल्म ‘ द हन्ट’ले यसको पुष्टि गरेको ‘नेइ’उपन्यासका लेखक जाचरी लीम्यानले बताएका छन् ।

‘ द हन्ट’को रिलिज हुने पूर्व निर्धारित मिति फेरि मार्च १३का दिन यो हलिउड फिल्म रिलिज हुने भएको छ । यो फिल्ममा गरिबहरूको समूह, दक्षिण तथा मध्यपूर्वी अमेरिकीको अपहरण र धनी घरानियाँद्वारा गरिएको शिकार जस्ता विषय वस्तुलाई हिंसात्मक प्रस्तुतिको आवरणमा समावेश गरिएको छ ।

यो फिल्मका विषय वस्तुमा कुनै मौलिक विचार  देखिँदैन् । हलिउडमा ‘हार्ड टार्गेट’ नामक फिल्म जीन क्लाउड भान डामेले यस्तै विषय वस्तुमा बनाइसकेका छन् ।तर ‘ द हन्ट’को पहिलो टेलर सार्वजनिक भएयता व्यापक विवाद उत्पन्न भएको देखियो ।

एल पासो, टेक्सास, डेटन र ओहियो जस्ता अमेरिकी ठाउँमा गोली हानाहान भएका हिंसात्मक घटनाले प्रभावित यो फिल्ममा घरानियाँ धनी व्यक्तिले कसरी अरूको शिकार गर्छन त्यसलाई दर्शाउन खोजिएको छ ।

यो फिल्मका बारेमा भइरहेको चर्चा आकासिनुमा अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी कारण रहेको छ । फिल्म रिलिज हुन करिब एक महिना अघि यो फिल्मबारे गरिएको टिप्पणीलाई लिएर लेखक लीम्यानले फिल्मको बजारीकरणका लागि ट्रम्पसम्मको उपयोग गर्न हलिउड खप्पिस भएको टिप्पणी गरेका हुन् ।

ट्रम्पले यो फिल्मको नाम उल्लेख नगरी ‘आगो र अराजकता’ जस्ता शब्दको प्रयोग गरी फिल्मका बारेमा टिप्पणी गरेका हुन् । पहिले यो फिल्म २७ सेप्टेम्बरमा रिलिज गरिने गरी तिथि तोकिएको थियो । तर अब मार्च १३का लागि तोकिएको हो ।

ट्रम्पले ट्विटे“ उदार  हलिउड धेरै क्रोध र घृणाका साथमा उच्चतम तहको नश्लवादी हो । उनीहरूले आफूलाई घरानियाँ(इलाइट) भन्छन् तर उनीहरू इलाइट छैनन् । वास्तवमा यो इलाइटको विरोध गर्छन् । आउन लागेको सिनेमा यस्तै क्रमको सिनेमा हो जसले आगो र अराजकताको कारण बन्छ । उनीहरू आफ्नो हिंसाको सिर्जना गर्छन र आरोप अरूमाथि थोपर्छन् । उनीहरू नै सच्चा नश्लवादी हुन र हाम्रो देशका लागि धेरै खराब छन् ।”

ट्रम्पको टिप्पणी पछि नयाँ मार्केटिङ रणनीतिका आधारमा नयाँ पोस्टर बनाइयो र ट्रेलर मिलाइयो । फिल्मका निर्देशक क्रेग जोबेल र निर्माता जेसन ब्लुमले पछिल्ला अन्तर्वार्तामा आफ्नो फिल्मलाई गलत ढंगले बुझिएको दाबी गरे ।

यस यता यो फिल्मले पाएको चर्चाबाट हलिउडले ट्रम्प जस्तालाई मार्केटिङमा उपयोग गर्न खप्पिस भएको पुष्टि भएको भनाइलाई अन्यथा मान्न नसकिने देखिन्छ ।