वुहानमा  यात्रा प्रतिबन्ध खुकुलो पार्ने छलफल

वुहानमा  यात्रा प्रतिबन्ध खुकुलो पार्ने छलफल

काठमाडौ ।चीनको हुबेइ प्रान्तले स्थानीयलाई यात्रा अनुमति दिने विषयमा विचार गरिरहेको छ । हुबेइ प्रान्तको पार्टी प्रमुख यिङ योङको अध्यक्षतामा भएको बैठकमा यस्तो छलफल भएको त्यहाँको सञ्चार माध्यमले जनाएको छ ।्

कम र मध्यमस्तरको जोखिम भएको हुबेइको क्षेत्रमा स्थानीयलाई काम गर्न जान आउन अनुमति दिने विषय निर्णय भइरहेको छ । हुबेइ डेलीले स्वास्थ्यसम्बन्धी आचार संहिताको उपयोग गरी मानिसको यात्रा शुरू गराउने विषयमा स्थानीय अधिकारीहरूले चर्चा गरिरहेको छ ।

हुबेइ प्रान्त र यसको राजधानी वुहान कोरोनाभाइरस फैलिएको मुख्य केन्द्रको रूपमा रहेको छ ।हुबेइमा कोरोनाभाइरसका संक्रमितहरूको संख्या घटदै गइरहेका र स्थिति सामान्य बन्दै गएकोले त्यहाँका स्थानीय पदाधिकारीहरूले यस्तो निर्णय  छिट्टै गर्ने सो डेलीले जनाएको छ ।