सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको ८२ हजार सात सय

सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको ८२ हजार सात सय

काठमाण्डौ, २७ फागुन ।  सुनको भाउले मङ्गलबार नयाँ कीर्तीमान कायम गरेको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । 

सुन मङ्गलबार तोलाको ८२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको आइतबार सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।   

चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ ।