कोरोनाः नपड्किएको एम्बुस !

कोरोनाः नपड्किएको एम्बुस !

सूर्य सुवेदी  

धेरै जसो राष्ट्रिय बिपत्तिहरु थाहै नपाई आउँने गर्छन् । र त्यसबाट हुने क्षति पनि बिपत्ति पछि मात्रै आङ्कलन गर्न सकिने हुन्छ । भुकम्प, बाढीपहिरोलाई उदाहरणका रुपमा लिन सकिन्छ । तर, सन्निकट आउन सक्ने अनुमान गरिएको कोरोना बिपत्तिको बारेमा राज्यको पहिलो कार्य भनेको जनतालाई सामान्यतया सरकारको तर्फबाट त्रसित नहुन, भयभीत नहुन र बिचलित नहुन आग्रह गर्ने हो र आम जनतालाई जेजस्तो बिपत्ति आएपनि त्यसको चुनौतीको सामाना गर्न राज्य सक्षम रहेको आभास दिलाउनु हो ।

तर, केहीदिन अघि स्वास्थ्यमन्त्रीको भनाइलाई बिश्लेषण गर्ने हो भने कोरोना भाइरसका बारेमा आम जनता जति सचेत र सजग छन् त्यति पनि नेपाल सरकार र स्वास्थ्यमन्त्री सचेत छैनन् भन्ने कुरा देखाउँछ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको अबस्थाको बारेमा बताउँदा घरै नजिक नपड्केको एम्वुसका हिसाबमा चित्रण गरेका छन् । यसको अर्थ आम जनता कोरोना भाइरसको सम्भावित आगमनबाट जति त्रसित छन् त्यो भन्दा दशगुणा ज्यादा त्रसित सरकार देखिन्छ । यसको मतलब सरकार आफै पनि आफ्नो तयारीको बारेमा विश्वस्त हुन सकिरहेको छैन । 

आम जनताको अभिभावक सरकारको अबस्था यस्तो भए पछि अरुको त कुरै छाडिदिउँ । भारतले मौखिक रुपमा कुनैपनि सर्जिकल र मेडिकल सामान नेपाल निर्यात गर्न नरोक्ने वताए पनि ब्यवहारिक रुपमा भने उसले नाकाहरुमा कडाई गरेको छ । खासगरी ह्याण्ड स्यानिटाइजर, सर्जिकल मास्क र आइसियु, सिसीयुमा प्रयोग हुने इन्जेक्सनहरु सहज तरिकाले नेपाल जान दिइरहेको छैन । दिए पनि एजेन्टहरुले आयतकर्ता हरुसँग अनावश्यक धेरै पैसा लिएर सामान छुटाउने गरेको गुनासो छ । केही दिन अघि झोल प्यारासिटामोल आयतकर्ता टिआर सप्लायर्सका तर्क राज भट्टसँग पनि भन्सार एजेन्टले आबश्यक भन्दा दुई लाख रुपैयाँ बढि पैसा लिएर एक गाडी सामान भन्सार छुटाउन बाध्य भएको बताए । बढी पैसा नदिए भारतीय भन्सारका कर्मचारीले सामान नै नछाड्ने भन्सार एजेन्टलाई उध्रित गर्दै भट्ट वताउँछन् । 

नेपाल सरकारले कालोबजारीबारे जतिसुकै अनुगमन गरेको बताए पनि देशैभर  कालोबजारी ब्याप्त भएको देखिन्छ । सर्जिकल मास्कबाट सुरु भएको कालोबजारी ह्याण्ड स्यानिटाइजर र आइसियु इन्जेक्सन हुँदै हाल ग्यास तथा खाद्यान्न सहित नुनदेखि साबुनसम्म अभाव सिर्जना हुन थालेको छ । आम उपभोक्ताले ग्यास र नुन सहज रुपमा पाउन छाडेका छन् । सरकारले जेजति सुशासनका कुरा गरेपनि आम मानिस दिनानुदिन पिडित बन्दै गएका छन् । 

कोरना प्रभाव र नेपालको अर्थतन्त्र

बिश्व कोरोना बिरुद्ध लडिरहँदा कोरोना प्रभावले बिश्व अर्थतन्त्रमा पर्नसक्ने आर्थिक असरका वारेमा विभिन्न प्रक्षेपण आउन थालेका छन् । प्रक्षेपण अनुसार कोरोनाको कारण बिश्वब्यापी ३ सय ४७ अर्ब डलर बराबरको क्षति हुनसक्ने अनुमान एसियाली बिकास बैंक (एडिबी )ले गरेको छ । कुल ग्राहस्थ उत्पादनको १८ प्रतिशत क्षति बिश्व अर्थतन्त्रले बेहोर्ने एडिबीले बताएको छ । नेपालको सन्दर्भमा कुल ग्राहस्थ उत्पादन (जिडिपि) ०.९३ प्रतिशत सम्म आर्थिक क्षति बेहोर्नु पर्ने एसियाली बिकास बैंकको अनुमान छ । कोरोना प्रभाव बढ्दै जाँदा जीडीपीमा १.११ प्रतिशतले नेपाको आर्थिक क्षति देखिन्छ । बिश्व बैंकका अनुसार नेपालका होटल र रेष्टुरेन्ट क्षेत्रमा जिडिपिको ०.८ प्रतिशत सम्मको क्षति हुनेछ । कृषि, उद्योग र उत्पादन तथा यातायातमा भने कोरोना प्रभाव अलि कम देखिने अनुमान छ । एडीबीले गरेको अध्ययनमा नेपाली अर्थतन्त्रमा कोरोना प्रभावले ३६.७८ मिलियन अमेरिकी डलर बराबरको क्षति हुने अनुमान छ । कोरोनाको सामान्य असर मात्र रहने हो भने १५ हजार जनाको रोजगारी जानेछ । यदि कोरोना प्रभाव नेपालमा  राम्रो पर्याे भने अधिकतम करिब दुई लाख २३ हजार नेपालीको रोजगार गुम्नेछ भने नेपाल आर्थिक हिसाबले निक्कै पछि पर्ने छ ।

के कोरोना त्रास यथार्थ हो ?

आज सम्पुर्ण बिश्व र करिव साढे सात अर्ब मानिसहरु कोरोना भाइरस भाइरसका कारण त्रसित र आक्रान्त छन् । प्रत्येक घर, पसल, अफिस, कलेज सबै ठाउँमा कोरोनाकै चर्चा छ । साना बच्चाबच्ची, युवा हुन् वा  बुढापाका सबैको मुखमा कोरोना नै कोरोना छ । दिनैपिच्छे आउँने कोरोना सम्बन्धि नयाँ नयाँ र डरलाग्दा समाचारहरुले गर्दा यो शताब्दी नै मानव जीवनको अन्तिम शताब्दी हा ेकि भन्ने खालका तरङ्ग फैलिएका छन् । के कोरोना समस्या समाचारहरुमा आए जस्तै हो त? पक्कै होइन । हामीले बिभिन्न भाइरस संक्रमणका कारण बिश्वमा बार्षिक कति मान्छे मर्छन र कोरोनाका कारण बिगत दुई महिनामा कति मान्छे मरे भन्ने तुलनात्मक तथ्याङ्क हामी पाठक समक्ष प्रस्तुत गर्ने प्रयास गरेका छौँ । 

हाल बिश्वको जनसंख्या करिब ७ अर्ब ७६ करोड ८४ लाख १४ हजार छ । कोरोना भाइरसबाट संसारभर संक्रमणमा परेका मानिसको संख्या करिब एक लाख छ । कोरोना संक्रमणबाट निको भएका बिमारीको सङ्ख्या करिब ५१ हजार १ सय ८८ छ । समान्य संक्रमणमा परेकाको संख्या ३३ हजारको आसपासमा छ । एकदमै एक्टिभ केशहरु भएकाको संख्या करिब  ३९ हजार ८सय ३२ छ । जटिल संक्रमितको  करिब ६ हजार ७ सय पचहत्तर छ भने कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या करिब ३ हजार २सय उन्नाइस छ । यो तथ्यांक करिब दुई महिना भित्रको हो । अब हेर्नुस् सन २०१५ मा बिभिन्न फ्लू लगायत सरुवा रोगबाट मर्ने मानिस हरुको संख्या ।

विभिन्न फ्लुका कारण सन २०१५ मा संसारभर  करिब ४ लाख ६८ हजार पाचसय मानिस मरेका थिए । त्यसमा २ महिनाको हिसाब निकाल्ने हो भने प्रत्येक दुई महिनामा फ्लुको कारण मर्नेको सङ्ख्या ७८ हजार त्रियासी थियो । सन २०१५ मा हेपाटाइटिसका कारण १३ लाख ४० हजार मानिसले संसारबाट बिदा लिए । त्यसमा प्रत्येक दुई महिनामा दुई लाख २३ हजार तीन सय तेत्तीस जनाको मृत्यु भएको तथ्यांक छ भने सोही बर्ष एड्सका कारण मृत्यु हुनेको संख्या ११ लाख छ भने दुई महिनाको मृत्यु संख्या हेर्दा एक लाख ८३ हजार तीन सय तेत्तीस देखिन्छ । यसैगरी टी.बी. का कारण १४ लाख मानिस मरेको र दुई महिनामा दुई लाख ३३ हजार तीन सय तेत्तीस रहेको पाइन्छ भने साथै सन २०१५ मा मलेरियाबाट मर्नेको सङ्ख्या चार लाख ३८ हजारमा दुई महिनामा मर्नेको तथ्यांकले ७३ हजार छ भने प्रत्येक साल फ्लुजन्य र अन्य सरुवा रोगहरुका कारण मर्ने मानिसहरुको संख्या करिब कए करोड ७० लाख मानिसहरु मर्ने गर्दछन् । त्यसैगरी दुई महिनामा कोरोना भाइरसका कारण तीन हजार दुई सय मानिसको मृत्यु हुँदा हामी किन यसरी अतालिएका छौ?

कोरोना बिरुद्ध लड्न सुझाव :

सर्वप्रथम कोरोना फैलिन नदिन जनचेतनामुलुक सुचनाहरु प्रत्येक नगरिकले आफ्ना सामाजिक सञ्जालका वालहरुमा हाल्ने । मिडिया सञ्चालन गर्नेहरुले आफ्ना मिडियामार्फत आफुले पनि नागरिक कर्तव्यबोध गरि आफ्नो मिडियामार्फत आफ्ना पाठकहरुलाई सुसूचित गराउनुकासाथै कोरोनाबाट डराएर भन्दा पनि डटेर लड्नु पर्छ भन्ने भावको विकास गराउनु पर्छ । साथै महामारीबिरुद्ध सरकार र आम नागरिक मिलेर मात्रै लड्न सकिन्छ भन्ने भावको विकास गराउनु अर्को कार्य हो । 
कोरोनाबाट डराउनु पर्दैन

स्कोरोना भाइरस आकारमा ठूलो छ जसको कोषिय व्यास ४०० देखि ५००  माइक्रो  हुन्छ । त्यसैले कुनै पनि मास्कले यसको प्रवेशलाई रोक्छ त्यसैले सर्जिकल मास्क नै महंगो तिरेर किन्नु पर्छ भन्ने छैन । मास्कको कृतिम अभाव देखाएर कालोबजारीहरुले मास्कमा आर्थिक शोषण गर्न सक्छन् । कोरोना भाइरस हावामा बसोबास गर्दैन, तर भुइँमा रहन सक्छ । त्यसैले यो हावाद्वारा प्रसारित हुँदैन । कोरोना भाइरस धातुको सतहमा खस्छ, १२ घण्टा सम्म बाँच्नेछ, त्यसैले साबुन र पानीले हात धुनु नै यसको रोकथामको उत्तम उपाय हुन जान्छ । कोरोना भाइरस जब कपडामा खस्छ यो नौ घण्टासम्म रहन्छ त्यसैले लुगा धोएर घाममा दुई घण्टासम्म सुकायो भने कोरोना भाइरस सजिलै नष्ट हुन्छ

 भाइरस हातमा १० मिनेट जति बाँच्दछ त्यसैले सेनिटाइजर प्रयोग गरेर हात धुदा पनि यो भाइरस  नष्ट हुन्छ । भाइरस ३६–२७ डिग्री सेल्सियसको तापक्रममा मर्छ । यो तातो क्षेत्रमा बस्दैन । त्यसैले हामीले दैनिक तातो पानी पिउने गर्नु राम्रो मानिन्छ । आइसक्रिमबाट टाढा रहनुहोस् र चिसो खाना नखानुस । तातो नुन पानीले मुख कुल्ला गर्नाले टन्सिललाई मार्दछ र फोक्सोमा भाइरस जानबाट बचाउँछ । यी निर्देशनहरुको पालना गर्दा भाइरस रोक्नको लागि पर्याप्त हुन्छ । समयबद्ध साप्ताहिकबाट