पुटिनले फेरि चुनाव लड्न पाउने प्रस्ताव रूसी संसदबाट पारित

पुटिनले फेरि चुनाव लड्न पाउने प्रस्ताव रूसी संसदबाट पारित

काठमाडौ । रूसी संसदले राष्ट्रपति भ्लादिमिर पुटिनले संविधान संशोधन गर्न प्रस्तुत गरेको प्रस्तावलाई पारित गरेको छ । यो संशोधनले संसदको अधिकारलाई विस्तार गर्ने र राष्ट्रपति पदको सिमित पदावधिको प्रावधानलाई हटाउने छ ।

पुटिनको प्रस्तावको समर्थनमा ३८२ जनाले समर्थन गरेका थिए । ४४ जनाले प्रस्तावबारे तटस्थ्य बसेका थिए भने विपक्षमा कसैले मतदान गरेनन् ।

प्रस्तावमा मतदान अघि रूसी राष्ट्रपतिले त्यहाँको तल्लो सदन डुमामा सम्बोधन गर्दै राष्ट्रपतिको पदावधिसम्बन्धी निषेधलाई हटाउन पर्ने विचारसँग आफू सहमत भएको बताएका थिए ।

यस्तो संविधान संशोधन भए पुटिनका लागि  सन् २०२४मा राष्ट्रपति पदको उम्मेदवार बन्न पाउने बाटो खुल्ने छ । रूसको तल्लो सदन डुमालाई सम्बोधन गर्दै पुटिनले भने “ हाम्रो देशका लागि बलियो राष्ट्रपतिको ठोस आवश्यकता रहेकोमा मेरो विश्वास रहेको र यस्ता सल्लाहबाट आफू विश्वस्त भएको छु ।”

तर यो विषयलाई जनताले ग्यारन्टी गनुपर्ने हुन्छ र राष्ट्रपति पदको निर्वाचन खुला र प्रतिस्पधी हुनुपर्ने विषयको ग्यारन्टी गर्ने अधिकार जनतासँग रहेको उनले बताए ।

दुई पदावधि राष्ट्रपति भएपछि फेरि चुनाव लडन नपाउने संवैधानिक व्यवस्थालाई परिवर्तन गर्नुपर्ने  र उनलाई फेरि चुनाव लडन पाउने संशोधन गर्नुपर्ने हुन्छ ।

देशको गतिशील विकासका लागि दुई पदावधिको प्रवाधन केही निश्चितहरूको आधारमा हटाउनुपर्ने उनले बताए ।यस्तो विषय नागरिकले चाहेमा मात्र हुन सक्ने उनले जनाए । अप्रिल २२मा हुने राष्ट्रिय मतदानमा नागरिकले यस्तो मतदानमा समर्थन गरे मात्र सम्भव हुने उनले जनाए ।