दुनियाँमा अमेरिकाले निकासी रोकेर र चीनमा उत्पादन रोकिएर मास्कको अभाव हुँदै

दुनियाँमा अमेरिकाले निकासी रोकेर र चीनमा उत्पादन रोकिएर मास्कको अभाव हुँदै

काठमाडौ । कोरोनाभाइरस विरूद्धको लडाइँमा सबै भन्दा आधारभूत ढाल भनेको नाक मुख छोप्ने मास्क हो । तर दुनियाँमा मास्कको आभाव हुने भएको छ । यसको प्रमुख कारण भनेको मास्कको उत्पादन गर्ने अमेरिका जस्ता धनी देशले मास्कको निकासीमा प्रतिबन्ध लगाएको छ ।

अर्को तर्फ विश्वको कुल मास्कको आधा जति आपूर्ति गर्ने चीनमा यसको उत्पादन क्षमतामा कमी आएको छ । अन्य मुलुकमा यसको बढेर गएकाले मास्कको अभाव हुने भएको छ ।  माइकल एनिहोर्न चिकित्सासम्बन्धी वस्तुको आपूर्ति गर्ने प्रमुख कम्पनी हो ।

कोरोनाभाइरस विरूद्धको लडाइँमा प्रयोग हुने आधारभूत ढाल मस्कको आपूर्ति गर्ने माइकल एनिहोर्नको क्षमता  दुई साता भित्र समाप्त हुन सक्ने देखिएको छ । यो कम्पनीका लागि ब्रान्डेड उपकरणको आपूर्ति चिनियाँ कम्पनीले गर्ने गरेको छ ।

चिनियाँ कम्पनीले ती वस्तुको आपूर्ति यो साता भित्र सञ्चालनमा नल्याए यस्तो अवस्था आउन सक्ने एनिहोर्नका न्यूयोर्कस्थित डिल्मड पार्क सर्जिकलका संस्थापकले जनाएका छन् ।
एनिहोर्न भन्छन् “हामीलाई हरेक दिन निर्मम निर्णय लिनुपरिरहेको छ कसले मास्क पाउने हो वा कसले पाउँदैन् ।”

प्राणघातक कोरोनाभाइरस अहिले विश्वका १०० देशमा विद्यमान रहेको र यस्तोमा हामीले यस्तो निर्णय गर्नुपरिरहेको उनको भनाइ छ । यो कम्पनीले स्वास्थ्य कार्यकर्ताका लागि आवश्यक हुने मास्क आपूर्ति गर्न नसकेको जनाएको छ ।

अमेरिकाले मास्क भण्डारण गरिरहेको छ । तर यसको निर्यातमा रोक लगाएको छ । यसैगरी जर्मनी र दक्षिण कोरियाले पनि मास्कको निकासीमा रोक लगाएको छ । मास्क निर्यातमा रोक लगाउँदा यसको खराब भन्दा खराब परिणाम र जोखिम गरिब भन्दा गरिब देशमा पर्ने सार्वजनिक स्वास्थ्य क्षेत्रमा क्रियाशील अधिकारीहरूको भनाइ रहेको छ ।

जापान र जर्मनीका डाक्टरलाई दैनिकरूपमा प्रयोग गरिने मास्कको आभाव हुने भएकाले सक्दो एउटै मास्कको पुनर्प्रयोग गर्न भनिदै छ । वासिंटनस्थित सेन्टर फर स्ट्रेटजिक एन्ड इन्टरनेशनल स्टडिजका वैश्विक स्वास्थ्य नीति केन्द्रका निर्देशक स्टिफन मोरिसनले  मास्कको निकासीमा प्रतिबन्ध दीर्घकालीन समाधान नभएको बताएका छन् ।

उनी भन्छन् “ हरेकले मास्क निर्यातमा प्रतिबन्ध लगाउँदै जाँदा अतिआवश्यक परेका बेला यसको उत्पादन कसरी गर्ने र त्यो समस्याको समाधान कसरी गर्ने ?”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्वका  बलिया व्यापार सल्लाहकार पीटर नेवारोले उनलाई मास्क लगायत चिकित्सासम्बन्धी केही उत्पादनमा रोक लगाउन सशक्त दवाब दिइरहेका छन् ।
साथै अमेरिकी कम्पनीलाई अमेरिकामै औषधि उत्पादन गर्न दबाब दिन भनिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोज अधानम गेब्रेयससले मास्कका उत्पादकहरूलाई यसको आपूर्ति पूरा गर्न अर्को थप ४० प्रतिशत मास्क उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । संगठनले हालै इरान, कम्बोडिया र उगान्डा जस्ता ४७ देशमा यसको आपूर्ति गरेको छ ।

 विशेष गरी एन९५ मास्कको आपूर्ति गरिएको हो । यो मास्कले हावामा भएको विद्यमान भाइरसको ९५ प्रतिशतसम्मलाई रोक्न सक्ने छ । टेड्रोजले  मास्क निकासी नरोक्न आह्वान गरेयता दक्षिण कोरिया र रुसले मास्क निकासीमा प्रतिबन्ध लगाएको हो ।

यो देशको समूहमा भारत, ताइवान, थाइल्यान्ड र कजाख्स्तान सामेल भइरहेको छ । कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १ ला १३ हजार पुगेको छ भने यसबाट मर्नेको संख्या ३ हजार ९सय पुगेको छ ।

कोरोनाभाइरस महामारी चीन केन्द्रबिन्दु भएर फैलिन अघि चीनले विश्वको मास्क आपूर्तिको आधा उत्पादन गर्ने गरेको थियो ।सिन्ह्वाले जनाए अनुसार चीनले दैनिक २ करोड मास्क उत्पादन हुने गरेको थियो ।

चीनमा कोरोनाभाइरस फैलिएयता अमेरिकका मास्क निर्माताहरूले मास्क निर्माण गर्न भरमग्दुर प्रयास गरिरहेका छन् । अमेरिकी अधिकारीहरूका अनुसार उसलाई चाहिने मास्कको आपूर्ति बढाउन यस्तो गरिएको हो ।अमेरिकालाई ३.५ अर्ब मास्क चाहिएको छ । 

एनिहोर्नका अनुसार कुनै एक देशको  चिकित्सा सम्बन्धी वस्तुको उत्पादनमा भर नपर्ने गरी ठोस आपूर्ति चेनको खोजी गर्नुपर्ने आवश्यकता रहेको छ ।