बेलायती स्वास्थ्य मन्त्रीमा कोरोनाभाइरस
काठमाडौ । बेलायतको स्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिने डोरिसले आफू कोरोनाभाइरस संक्रमित भएको बताएकी छिन् ।
कोरोना भाइरस फेला पर्ने डोरिस पहिलो बेलायती सांसद हुन् । उनले आफूलाई घरमै एक्ल्याएकी छिन् ।
बेलायतमा यो भाइरसबाट ६ जनाको मृत्यु भएको भने ३८२ जनामा संक्रमण भएको पाइएको छ ।
बेलायतमा हालै ८० वर्षीय व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो ।
सन् २००५देखि संसद रहँदै आएकी बेलायती सांसद डोरिसले आफूमा कोरोनाभाइरस भएको पुष्टि गरेकी छिन् ।
प्रतिक्रिया