कोरानाभाइरस संक्रमण जोखिम कम गर्न गुगलले कामदारलाई घरबाट काम गर्न दिने

 कोरानाभाइरस संक्रमण जोखिम कम गर्न गुगलले कामदारलाई घरबाट काम गर्न दिने

काठमाडौ । गुगलले घरबाट काम गर्न सक्ने सबै उत्तर अमेरिकी कामदारलाई घरबाटै काम गर्न अनुमति दिएको छ ।

कारोनाभाइरस संक्रमणको जोखिम कम गर्ने उद्देश्यले गुगलले यस्तो अनुमति दिन लागेको हो ।

यो नयाँ सिफारिश सन फ्रान्सिस्को खाडी क्षेत्रका सबैकामदारलाई पनि दिइने  जनाइएको छ ।

अमेरिकाका ठूला कम्पनीहरूले काम गर्ने घन्टा समय घटाएका छन् भने विशेष क्षेत्रका कम्पनीले घरबाटै काम गर्न विकल्प दिएका छन् ।

गुगलले अप्रिल १०सम्म घरबाटै काम गर्न एक अनुमति पत्र कामदारहरूलाई पठाएको छ ।

गुगलका प्रवक्ताले जनाए अनुसार कोभिड–१९ फन्डको निर्माण कम्पनीले गरिरहेको छ ।

कामदारमा यो भाइरसको शंका लागेमा क्वारन्टिनमा बस्ने बेला तलब सहितको भुक्तानीका लागि यो कोषको उपयोग गरिने छ ।