चीनका विरुद्ध किन सक्रिय कान्तिपुर मिडिया ग्रुप ?
कोरोनाभाइरसलाई लिएर चिनियाँ राजनीतिक प्रणाली विरूद्ध विषवमन गर्ने जिम्मेवारी कान्तिपुर मिडियाले लिएको देखिएको छ । यस्ता बिना आधारका आलेखमार्फत चीनको राजनीतिक प्रणालीको आलोचना गर्नु पछाडि निहित स्वार्थ हुने गरेको कतिपय पर्यवेक्षकहरूको बुझाइ रहेको छ ।
अमेरिकी कोण र जोडका मानिसका तर्फबाट नेपालको छिमेकी विरूद्ध अनर्गल प्रचारबाजीको पछाडि नेपाललाई फेरि युद्धको मैदान बनाउने बाहेक अन्य केही नहुने ती पर्यवेक्षकहरूको बुझाइ रहेको छ ।
नेपालको संविधानको प्रस्तावनमा “जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न;” उल्लेख गरिएको छ ।”
नेपालस्थित कुनै दूतावासले विज्ञप्ति निकाल्दैमा नेपालको संवैधानको प्रस्तावनामा उल्लेख गरिएको प्रेस स्वतन्त्रता नखोसिने बुझाइ नभएकाहरूले पटक पटक कान्तिपुर ग्रुपको उपयोग गरेको र त्यसलाई त्यो ग्रुपले जानी नजानी प्रोत्साहन गरिरहेको देखिएको छ । स्वतन्त्रताका नाममा पत्रकारिताले व्यवस्था गरेको विभिन्न ढोकाहरूको दायित्वलाई अनदेखा गर्न नसकिने पत्रकारिताको दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता पूरा नगरिएको ती पर्यवेक्षकहरू बताउँछन् ।
म्यानेजिङ चाइना नेपाल्स चालेन्ज शीर्षकमा नरेश कोइरालाले आलेख विगतमा अनुप काफ्लेको सम्पादकत्वका बेला गरिएको विषवमनको काम गरिएको छ ।
कोइरालाले चिनियाँ दूतावासले अनुप काफ्लेका काठमाडौ पोस्टमा कोरानाभाइरस चीनको राजनीतिक प्रणालीको कारण पैदा भएको भाव सहितको आलेख प्रकाशित गरेको विरोधमा निकालेको विज्ञप्तिलाई नेपालको अभिव्यक्ति स्वतन्त्रताको विरोध गरेको भनाइ सार्वजनिक गरेका छन् । साथै उनले यो विज्ञप्तिले नेपाली मिडियामा सेल्फ सेन्सरसीपको अवस्था ल्याउन गरिएको उल्लेख गरेका छन् । कोइरालाले चीनको विज्ञप्तिलाई नेपालको संविधानमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।
नपालको संविधानमाथि आक्रमण भएको भन्ने कोइरालाले संविधानको मौलिक हक र कर्तव्य अन्तर्गतको स्वतन्त्रतासम्बन्धी हकको उपधारा चको ४मा व्यवस्था गरिएको प्रावधानलाई अनदेखा गरेका छन् । संविधानमा भनिएको छ –“ खण्ड (घ) को कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पर्ने, राष्ट्रको विरुद्ध जासूसी गर्ने, राष्ट्रिय गोपनीयता भंग गर्ने वा नेपालको सुरक्षामा आँच पु¥याउने गरी कुनै विदेशी राज्य, संगठन वा प्रतिनिधिलाई सहयोग गर्ने, राज्यद्रोह गर्ने वा संघीय इकाइबीचको सु–सम्बन्धमा खलल पर्ने वा जातीय वा साम्प्रदायिक विद्वेष फैलाउने वा विभिन्न जात, जाति, धर्म र सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन ।”
यसमा कुनै विदेशी राज्य ,संगठन वा प्रतिनिधिलाई सहयोग गर्ने कार्यलाई निषेध गरिएको छ । कुनै देशको राजनीतिक प्रणालीको विरोध गरी रहँदा अर्को राजनीतिक प्रणालीको समर्थन र सहयोग गरिरहनु अर्थ लाग्ने विषय कोइरालाले बिर्सेका छन् ।
यस्ता विषयमा ध्यान नदिएका कोइरालाले एकांगीरूपमा चीनको राजनीतिक प्रणालीलाई विरोध गर्न आलेख लेखेको देखिएको पर्यवेक्षकहरूको भनाइ रहेको छ ।
जहाँसम्म नेपाल चीनसम्बन्धको कुरो छ भने चीन छरछिमेक मात्र होइन सीमा जोडिएको छिमेकी देश हो । प्रधानमन्त्री ओली सरकारले चीनलाई नेपालको विकाससम्बन्धी समस्याको संरक्षकको रूपमा प्रस्तुत गरेको कुरोलाई पनि आलेखमा उल्लेख गरेका छन् ।
चीन संरक्षकको रूपमा ओली सरकारले प्रस्तुत नगरेको भइ यो संकटको बेला आडभरोसासहित सहयोग गर्ने देशको रूपमा चीन अगाडि आएको हो । दक्षिणको छिमेकी भारतले लगाएको नाकाबन्दीका बेला चीनले तेस्रो मुलुकसँगको बाटो खुला गरिदिने भनेर गरिदिएको हो । छिमेकीसँगको राम्रो सम्बन्ध बनाउनु पर्ने विषयमा नसोचेर कोइरालाले संरक्षक शब्दको नकारात्मक प्रयोग गरेको पर्यवेक्षकहरूको भनाइ रहेको छ । कोइरालाले चीनसँग नराम्रो सम्बन्धको विकास गरोस भन्ने आसयका साथ लेखेका छन् ।“ ओली सरकारले चीनलाई असन्तुष्ट पार्न चाहँदैन् ।”
आसन्न छिमेकीहरूसँग नराम्रो सम्बन्ध कायम गरी बाच्न नसक्ने स्वाभाविक बुझाइबारे अनविज्ञ कोइरालाको आलेख छाप्ने कान्तिपुर ग्रुपले कसको हित चाहेको भन्ने विषय घाम जस्तै छर्लङ भएको पर्यवेक्षकहरूको भनाइ छ । उनले चीनको समर्थन गर्नुलाई हास्यको विषय भएको उल्लेख गरेका छन् । तर आसन्न मित्रसँगको शत्रुता मोलेर अगाडि बढन खोज्नु भनेको कालीदास बन्न अघि कल्लुले आफै टेकेको हाँगा बञ्चरोले काट्नु जस्ते हुने बुझाइ बिर्सेको पर्यवेक्षकहरू बताउँछन् ।
प्रतिक्रिया