बास्कोटाको घरमा बिस्फोट गर्ने अपराधिहरुलाई नियन्त्रण गर्न प्रचण्डको माग

 बास्कोटाको घरमा बिस्फोट गर्ने अपराधिहरुलाई नियन्त्रण गर्न प्रचण्डको माग

काठमाडौं, २८ फागुन । नेकपाका सांसद तथा पूर्व मन्त्री गोकुल प्रसाद बास्कोटाको भक्तपुरस्थित घरमा भएका बम बिस्फोटप्रति सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिन्ता ब्यक्त गरेका छन् ।

बुधबार बिहान भएको उक्त घटनाप्रति अध्यक्ष प्रचण्डले बिज्ञप्ति जारी गर्दै घटनाका अपराधिहरुलाई नियन्त्रणमा लिन र कडा कानूनी कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् ।