गोकुल बास्कोटाको घरमा भएको बिस्फोटको जिम्मा विप्लव नेतत्वको नेकपाले लियो

गोकुल बास्कोटाको घरमा भएको बिस्फोटको जिम्मा विप्लव नेतत्वको नेकपाले लियो


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा भएको बम बिस्फोटको जिम्मेवारी लिएको छ । 

घटनास्थलमा नेकपाद्वारा जारी ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन रु’ शीर्षकमा जारी पर्चामा बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेको, २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेको, १९ अर्बको फोर–जी सेवा विस्तारका क्रममा करोडौँ रकम दुरुपयोग गरेको, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका निर्वाह गरेको, मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवासुविधाका नाममा करोडौं हिनामिना गरेको, सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेको, नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेको, राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएको, आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएको, देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक पात्र भएको पर्चामा उल्लेख गरेको छ । 

घटनास्थलमा छरेो पर्चा