क्रिस्टियान्डो रोनाल्डोको जुभेन्ट्सका डिफेन्डर डानिलीमा कोरोनाभाइरस

क्रिस्टियान्डो रोनाल्डोको जुभेन्ट्सका डिफेन्डर डानिलीमा कोरोनाभाइरस

काठमाडौ । फुटबलका स्टार खेलाडी जन्माउने जुभेन्ट्सका डिफेन्डर डानिली रुगानीमा कोरोनाभाइरस देखिएको छ ।

क्रिस्टियानो रोनाल्डो जस्ता अन्य स्टार फुटबल खेलाडीको क्लब जुभेन्ट्सले डिफेन्डर डानिलीमा कोरोनाभाइरस भएको पुष्टि गरेको हो ।

चीनको हुबेइ प्रान्तको वुहान केन्द्रबिन्दु भइ फैलिएको कोरोनाभाइरसबाट विश्वभर ४ हजार बढीको मृत्यु भइसकेको छ भने १ लाख मानिसमा संक्रमण भएको पुष्टि भइसकेको छ ।

चीनको वुहान पछि सबै भन्दा बढी इटलीमा कोरोनाभाइरस द्रुतगतिमा फैलिएको देखिएको छ ।