इराकको ताजी शिविरमा भएको रकेट आक्रमणमा अमेरिकी गठबन्धनका तीन जनाको मृत्यु
काठमाडौ । इराकको ताजी शिविरमा भएको रकेट आक्रमणमा अमेरिकी गठबन्धनका तीन जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
राजधानी बग्दाद बाहिर अमेरिकी सैनिक शिविरमाथि यो आक्रमण गरिएको अमेरिकी सेनाको अपरेशन इनहेरन्ट रिसोल्भले पुष्टि गरेको छ ।
बुधबार पूर्वको आइएसआइएस नामधारी संगठन हाल इश्लामिक स्टेट आइएस विरूद्ध लडिरहेको अमेरिकी गठबन्धन सेनाले इराक स्थित सैनिक शिविरमा कुल १८ रकेट आक्रमण गरिएको एक विज्ञप्ति जारी गरी जनाएको छ ।
मृत तथा घाइते हुनेहरूको तत्काल पहिचान गर्न नसकिएको हो ।
शुरूमा ताजी सैनिक शिविरमा १०–१५ रकेट आक्रमण गरिएको र त्यसमा दुई अमेरिकी र एक बेलायती सेनामा कार्यरतको मृत्यु भएको जनाइएको थियो ।
प्रतिक्रिया