कोरोनाभाइरस प्रभावित अमेरिकी अर्थतन्त्रमा २ खर्ब अमेरिकी डलरको तरलता प्रवाह गरिने

 कोरोनाभाइरस प्रभावित अमेरिकी अर्थतन्त्रमा २ खर्ब अमेरिकी डलरको तरलता प्रवाह गरिने

काठमाडौ । कोरोनाभाइरसले प्रभावित भएको अमेरिकी अर्थतन्त्रलाई जोगाउन अमेरिकी प्रशासनले २खर्ब अमेरिकी डलरको तरलता प्रवाह गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको नाम सम्बोधन गर्दै भनेका छन् ।

क्वरन्टाइनमा बस्नेहरूका लागि कर छुट लगायतका वित्तीय सुविधा उपलब्ध गराइने जनाउँदै ट्रम्पले यस्तो बताएका हुन् । साना व्यवसाय प्रशासनले कोरोना प्रभावित व्यवसायलाई पुँजी र तरलता उपलब्ध गराउने छ ।न्यून दरमा ऋण पनि उपलब्ध गराउने उनले जनाए ।

उनले तत्काल पेरोलमा कर माफीको विषयलाई पारित गर्न अमेरिकी कांग्रेसलाई आग्रह समेत गरे । यसअघि ट्रम्पले गत शुक्रबार ८.३ अर्ब अमेरिकी डलर बराबरको आकस्मिक सहयोग अनुदान प्याकेजमा हस्ताक्षर गरेका थिए।

साथै उनले बेलायत बाहेक सबै युरोपेली देशका आगन्तुकलाई ३०सम्मको अमेरिका आगमनमा रोक लगाएका छन् । कोरोना भाइरसबाट निकास खोज्ने नाममा यस्तो रोक लगाइएको हो । यो नयाँ रोक आदेश शुक्रबार राति देखि  ३० दिनसम्म रहने उनले जनाए ।