अप्रिल १५ सम्म भारतले सबै भिसा खारेज ग-यो
काठमाडौ । भारतले विदेशीलाई जारी गरेको सबै भिसा खारेज गरेको छ । कोरोनाभाइरसको प्रभाव कम गर्न भारतले अप्रिल १५ सम्म सबै भिसा खारेज गर्ने निर्णय गरेको हो ।
भारतमा ६२ जना संक्रमित भएपनि रोगबाट मरेको कुनै बिरामीको पुष्टि नभएपनि ११४ देशमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ हजार २९१को मृत्यु भइसकेको छ ।
भारतले कुटनीतिक नियोग, राष्ट्रसंघीय अन्तर्राष्ट्रिय नियोग, प्रोजेक्ट भिसालाई भने खारेज गरेको छैन् ।
मार्च १३ देखि यो निर्णय लागु हुनेछ ।
साथै १४ दिनको क्वारन्टाइनमा बस्नुपर्ने बाध्यकारी नियम लगाएको छ ।
भारतीयहरूलाई अनावश्यकरूपमा विदेशमा नजान सल्लाह दिइएको छ ।
यो निर्णयबाट भारतको हवाइ सेवामा प्रतिकूल प्रभाव पार्ने छ ।
प्रतिक्रिया