सी कोभिड–१९ विरूद्धको शुरूवाती युद्ध जित्ने योद्धा 

सी कोभिड–१९ विरूद्धको शुरूवाती युद्ध जित्ने योद्धा 

काठमाडौ । कोरोनाभाइरस विरूद्धको युद्धको अगुवाइ गरिरहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भाइरसको केन्द्रबिन्दु हुबेइको वुहान पुगेर चिनियाँहरूमा हौसला प्रदान गरेका छन् ।

वुहानमा कोभिड–१९ संक्रमण शुन्य पारे पछि सी त्यहाँ गएर यो जीत वुहान र हुबेइको नभएर समग्र चीनको जीत भएको बताए ।अपस्तालमा कार्यरत डाक्टर र स्वाथ्यकर्मीहरूको प्रयासको प्रशंसा सीले हात हल्लाएर गरे ।

सार्स, मर्स र इबोलाजस्ता महामारी पछिको सरूवा महामारी कोभिड–१९बाट १ लाख बढी विश्वभर संक्रमित भइसकेको र १०० बढी देशमा यो फैलिसकेको बेला यसको चिनियाँ केन्द्रबिन्दु वुहानमा संक्रमित शुन्य भएको अवसरमा सीले यो उत्साह प्रदर्शन गरेका हुन् । ३ हजार बढीको चीनमै यो भाइरसबाट मृत्यु भइसकेको छ ।

गणतन्त्र चीनको सन् १९४९मा स्थापना भएयता सर्वाधिक चुनौती बेहोरेको चीनमा राष्ट्रपति सीले कोभिड–१९ विरूद्ध जनयुद्ध घोषणा गरे । गणतन्त्र चीनको स्थापनाका लागि संस्थापक माओले जनयुद्धको घोषणा गरेझै सीले कोरोनाभाइरससँग लडन जनयुद्धको घोषणा गरेका थिए । 

अदृश्य शत्रुसँग लडन उनले देशका सबै तागत लगाए ।डाक्टर रवैज्ञानिकलाई हौसाएर आम चिनियाँलाई सार्वजनिक विदा लम्ब्याएर घरमा बसाए ।सहरहरू , व्यवसाय, सार्वजनिक स्थलको जमघट सबै बन्द गरे । अथक संघर्षका कारण चीनमा सकारात्मक संकेत देखा परेको छ ।

नयाँ संक्रमितको संख्या चीनको मुख्यभूमिमा सोमबार झरेर १९मा आयो । एक महिना यो संख्या हजारौं थियो । चीनका धेरै प्रान्तमा नयाँ संक्रमितको संख्या शून्यमा झरेको छ ।
कोरोनाको केन्द्रबिन्दु भएको वुहानमा उपचार गरी फर्कनेको संख्या ३० हजार नाघेको छ ।

यस्तो अवस्था प्रति सीले भने “शुरूवाती सफलता मिलेको छ । तर रोकथाम र नियन्त्रको काम अझ कठिन छ । निरन्तरतको प्रयासले यो पहाडजस्तो काम पनि पूरा गर्छौ ।”
जनवरी २८मा सीले विश्व स्वास्थ्य संगठन हुका महानिर्देशक टेड्रोज अधानोम गेब्रेयससलाई यो महामारी विरूद्धको अगुवाइ आफै गर्ने बताएका थिए ।सीले वुहानको दुई पटक निरीक्षण भ्रमण गरे । उपचारमा खटिएकाहरूको र उपचारमा भर्ना भएकाहरूको हौसला अभिवृद्धि गरे ।

महानिर्देशक टेड्रोजले चिनियाँ जनताका लागि मात्रै होइन अन्य देशमा फैलिनबाट पनि चीनले गम्भीर मापदण्ड अपनाएको बताए । सीको भूमिका बारे चिनियाँ प्राध्यापक लिउ जिङबे भन्छन् –सी यो लडाइको मेरूदण्ड”

कोरोनाविरूद्धको यो लडाइँ चिनियाँ शैलीमा लडिएको उनीहरूको बुझाइ रहेको छ । जनवरी २५मा प्रधानमन्त्री लि केकियाङ नेतृत्वमा महामारीसम्बन्धी समिति गठन गरे । दुई दिन पछि उपप्रधानमन्त्री सुन चुनलानलाई हुबेइ पठाए ।

हुबेइका पार्टी प्रमुखहरूलाई पदबाट हटाए ।चीनको समाजवादी प्रणालीको लाभ उठाउँदै सीले सबै स्रोतसधानको उपयोग गर्ने आदेश दिए । हुबेइमा ४२६०० चिकित्साकर्मी पठाए । ८६ अस्पतालका साथै दुई नयाँ अस्पताल तत्काल दुईसाता भित्र निर्माण गर्न लगाए । १६ प्रदर्शनी हल र खेलकुद केन्द्रलाई कोरोनासंक्रमितको उपचारस्थल निर्माण गर्न लगाए ।

हुको विज्ञटोलीसँग चिनियाँ टोलीले संयुक्तरूपमा स्वास्थ्य अभियान सञ्चालन गरियो ।क्यानाडाका महामारी विज्ञ ब्रस अयलवार्डले चिनियाँ चिकित्सा प्रतिष्ठानहरूको तम्तयारी देखेर चीनको प्रशंसा गरेका थिए ।

यसको परीक्षण विधिमा सुधार गरी १५ मिनटमा परीक्षण गर्न सकिने स्वास्थ्य किटको विकास गरियो । भाइरस परीक्षणमा रोग लागेको थाहा पाउने वित्तिकै उनको निशुल्क उपचारका लागि पठाउने गरियो ।एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा यस्तो महामारी विरूद्धको अभियान सञ्चालन गर्नु आफैमा चानचुने विषय थिएन् ।

जनताको स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर यो युद्ध सीले लडेका हुन् । दुनियाँ एक गाउँ भएकाले सबै मिलेर यसका विरूद्ध लडनु पर्ने सीले बताए ।

भाइरस कुनै देश विशेषको सीमा चिन्दैन अन्टाक्र्टिका बाहेक सबै ठाउँमा केही साता भित्र यो भाइरस फैलेकोले सबै देशले हातेमालो गरी अघि बढनु पर्ने सीले बताए ।

एक महिना भित्र सीले १४ विदेशी नेताहरूसँग टेलिफोन गरे । यसमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन, साउदी नरेश सलमान बिन अब्दुलाजिज अल साउद र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत रहेका छन् । हुका महानिर्देशक टेड्रोजसँग भेटेरै छलफल गरेका थिए ।

यो महामारी चीनको प्रणाली र शासनको क्षमताको सबै भन्दा ठूलो परीक्षण भएको बताउँदै सीले कठिन भन्दा कठिन समयमा राष्ट्रिय संकटको व्यवस्थापन गर्न पाठ भएको बताए ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रवन्ध निर्देशक क्रिस्टालिना जोर्जिभाले सन् २०२०को दोस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्र आफ्नो सामान्य लयमा फर्किने बताएकी छिन् ।

यसै बीच सीले गरिबी निवारणकालागि टेलिफोन सम्मेलन गरेका छन् । २१औं शताब्दीको मध्यतिर चीनलाई आधुनिकसमाजवादी देशकोरूपमा विकास गर्ने उद्देश्य पूरा गर्न सबै एकजुट भइ अघि बढनुपर्ने भन्दै सीले भने “समय र इतिहास कसैलाई पर्खदैन् ।”