कोरोना बिरुद्धको प्रारम्भिक लडाईँमा चीन बिजयीः राम कार्की

कोरोना बिरुद्धको प्रारम्भिक लडाईँमा चीन बिजयीः राम कार्की

काठमाडौं, २९ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकप) का केन्द्रीय नेता तथा पूर्व मन्त्री राम कार्कीले चीनले कोरोना भाइस बिरुद्धको प्रारम्भिक लडाईँमा बिजय हासिल गरेकोमा खुशी ब्यक्त गरेका छन् । चीन र चिनियाँ जनतालाई नेपालीले आफ्नै रुपमा लिने गरेको र दशकौँदेखि भारतीय शासनको थिचोमिचो र पीडाका कारण पनि चीन र चिनियाँ जनतासँगको मनोबिज्ञान नेपालीसँग निकट रहनुकासाथै माक्र्सवादीय कोणबाट पनि निकट रहेको चीनले कोरोनाबिरुद्ध प्रारम्भिक लडाइँमा सफलता हात पारेकोमा आफूलाई धेरै खुसी लागेको कार्कीले झिल्कोलाई   बताए । 

'चीनको जुन तत्परता देखियो यसले आर्थिक मात्र नभई आफू प्रबिधि, विज्ञान क्षेत्रमा समेत शक्तिशाली भएको प्रमाणित गरिदिएको छ ।'

अन्तराष्ट्रिय ज्ञातासमेत रहेका नेता कार्कीले भने, यस्ता महामारी रोग कहाँबाट कहिले सुरु हुन्छ भन्ने कुरा हँदैन, चीनबाट सुरु नभएको भए यति धेरै राजनीतिक र आर्थिक प्रभाव हुँदैनथ्यो । कार्कीले थपे, पश्चिमी मिडिया र राजनेताले पूर्वाग्रही भएर राजनीतिक पद्दतिमाथि नै आक्रमण गरे र साबधानी अपनाएनन् यसले कोरोनाको प्रभाव त्यतैतिर बिस्तार भएको छ । 

अमेरिकीहरु मानवता र प्रकृतिको सुरक्षाका निम्ति धेरै नसोच्ने भन्दै नेता कार्कीले क्युवा जस्तो देशमा अमेरिकालेँ ७० वर्षदेखि प्रतिबन्ध लगाएको स्मरण गरे । स्वास्थ्य क्षेत्रमा स्वतन्त्र ढंगले नयाँ अनुसन्धान र लगानी आवश्यक भएको भन्दै उनले सबैको क्षमतालाई केन्द्रीत गर्न सकेको भए यस्ता बिकराल समस्याहरुसँग जुध्न सक्ने सामथ्र्य सजिलै हुने थियो भनेका छन् । डब्लु टी ओ माथि अमेरिकी बर्चश्व छ, मानवताका लागि सामूहिक ढंगले जाने कुरामा अभेरिकी शक्ति बाधक बनेको छ, उनले भने । 

सबैभन्दा मुख्य समस्या पूँजिवादी सस्कृति, जीवनशैली भएको भन्दै यो घातक रुपमा देखा परिरहेको उनको विश्लेषण छ । अमेरिकी पूँजिवादी व्यबस्थाले जीवजन्तु र पर्यावरणमाथि आक्रमण गरेको भन्दै उनले यस्ता समस्याहरु आगामी दिनमा झन बढ्दै जाने बतए । 

सी कोभिड–१९ विरूद्धको शुरूवाती युद्ध जित्ने योद्धा