चीनमा कोरोना महामारी अन्त्य भएको घोषणा
फागुन २९ । चीनले नोवल कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले महामारी अन्त्यको घोषणा गरेका हुन् । यो समाचार चीनको सरकारी संचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनमा वुहानबाहिर नयाँ बिरामी नदेखिएपछि चीनले महामारी अन्त्यको घोषणा गरेको हो । चीनले वुहानका सबै अस्थायी अस्पताल पनि बन्द गरिसकेको छ ।
प्रतिक्रिया