‘कोरोनाको केन्द्रबिन्दु चीनमै भएकाले जोगियो भारत जस्तो देश भएको भए ठूलै उत्पात हुने थियो’

‘कोरोनाको केन्द्रबिन्दु चीनमै भएकाले जोगियो भारत जस्तो देश भएको भए ठूलै उत्पात हुने थियो’

काठमाडौ । ‘कोरोनाको केन्द्रबिन्दु चीनमै भएकाले जोगियो भारत जस्तो देश भएको भए ठूलै उत्पात हुने थियो’ भनी कोरोनाभाइरस विरूद्ध चिनियाँ शैलीको एक चर्चित अर्थशास्त्रीले प्रशंसा गरेका छन् ।

बेलायती अर्थशास्त्री जीम ओ निलले कोरोनाभाइरस विरूद्ध चीनले गरेको प्रयास र व्यवहारको प्रशंसाा गरेका छन् । उनले कोरोनाभाइरसमाथि नियन्त्रण कायम गर्ने चिनियाँ मोडलको अनुशरण अन्य देशका सरकारले पनि गर्नुपर्ने बताए ।

साथै चीनबाहेक भारतजस्तो देशमा कोरोनाभाइरसको केन्द्रबिन्दु भइ फैलिएको भए यसले देखिए भन्दा धेरै ठूलो उत्पात मच्चाइसकने थियो भन्दै यो चिनियाँ मोडलको कमाल हो प्राणघाती भाइरस नियन्त्रणमा आएको छ ।

उनले भने “भगवानलाई धन्यवाद छ यो भारत जस्तो कुनै अन्य देशमा फैलिएन अन्यथा भारत सरकारको शासकी व्यवस्थाको गुणस्तरलाई हेर्दा जसरी चीनले सक्यो त्यो सक्ने थिएन् । चिनियाँ मोडलको यो राम्रो पक्ष हो ।”

उदीयमान अर्थतन्त्रको समूहगत नाम ब्रिक्स दिने अर्थशास्त्रीको रूपमा  नीललाई चिनिन्छ ।

नीलको अभिव्यक्तिप्रति भारतीय अधिकारी  असन्तुष्टि व्यक्त गरेका छन् । भारतीय उच्च आयोग मन्त्र िविश्वेश नेगीले अर्थशास्त्री नीलको टिप्पणी कम जानकारीको आधारमा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएको बताए ।

भारतले कोरोनाभाइरस नियन्त्रण गर्न १५ अप्रिलसम्म कुटनीतिक नियोग र जारी परियोजनामा संलग्नहरू बाहेक सबैको भिसा खारेज गरेको छ । केही गरी आउनेलाई १४ दिनको क्वारन्टाइनमा बस्नुपर्ने आदेश दिएको छ ।

३१ मार्चसम्म स्कूल कलेज र सिनेमाहल जस्ता सार्वजनिक गतिविधि हुने ठाउँलाई बन्द गरिएको छ । वुहानमा नयाँ कोरोनासंक्रमितको संख्या शुन्य भएको घोषणा गरिएका बेला विश्वका अन्य देशमा यसको संख्यामा बढोत्तरी भइरहेको समाचारहरू सार्वजनिक भइरहेका छन् ।