कोरोना विरुद्धको चिनियाँ विजय, मानव जीवन रक्षाका लागि चीन सक्षम रहेको उदाहरण

कोरोना विरुद्धको चिनियाँ विजय, मानव जीवन रक्षाका लागि चीन सक्षम रहेको उदाहरण


सरसर्ती हेर्दा यो कुनै युद्ध थिएन, कुनै हतियार वा सैन्य शक्तिको परेड वा आमने सामने पनि भइरहेको थिएन । कुनै अन्तर्राष्ट्रिय गिरोह वा गठबन्धनबीचको यो जुङ्गाको लडाई वा शक्ति संघर्ष पनि थिएन । न त बलिया देशले कमजोर देशमाथि अनाहकमा गरिने बलपूर्वकको हस्तक्षेप नै थियो । 


तर पनि यही थियो, रह्यो आधुनिक विश्वलाई एकैचोटी थर्काउने र क्रमशः थलाउने अस्त्र । विश्वको ठूलो भूगोल र सबैभन्दा ठूलो जनसंख्या भएको साम्यवादी देश चीनमा सन् २०२० को पूर्वसन्ध्यामा अकस्मात उव्जेको कोरोना भाइरस अर्थात कोभिड १९ अहिले संसारको सातो लिने एकमात्रै शत्रु साबित भइसकेको छ । 


विश्वभरका मानव जातिकै लागि घातक स्वास्थ्य चुनौति बनेको कोभिड १९ अहिले भने जहाँबाट उदायो, त्यहाँ अस्ताउदैछ भने जसजसले चिनियाँ संक्रमणलाई रमिते बनेर थपडी बजाए वा यही मौकामा चीन विरुद्ध खनिए, उनीहरुलाई भने क्रमशः गाँज्दै गाँज्दै गइरहेको छ । 


भाइरस कुनै पनि देश विशेषको उपज वा चुनौती मात्रै हुन सक्दैन । यसले भूगोल वा शक्तिका पर्खाललाई वास्ता गर्दैन । भाइरस भाइरस नै हुन्छ, सबैको साझा शत्रु मात्र हुन्छ । अहिले चीनमा नियन्त्रण नजिक र बाँकी विश्वमा आगोको लप्का जस्तो फैलिदो कोभिड १९ ले सिकाएको तीतो सबक यही हो । 


हो, विश्व शक्ति राष्ट्र बन्ने दौडमा रहेको देश चीनका लागि वर्षारम्भ सन् २०२० कोरोना कहरको कष्टकर वर्ष रहयो । डिसेम्वर अन्तिम साताबाट एक शहरबाट सुरु कोभिड १९ को संक्रमणले चिनियाँ सरकारको कडा परीक्षा लियो, निर्दोष जनताको जीवनमा अकस्मात धाबा बोल्यो । करीब तीन हजार बढी चिनियाँले अकाल मृत्युवरण गर्नु प¥यो । एकलाख हाराहारी मानिस संक्रमित भए । 

तर, विज्ञान, सूचना प्रविधि, विकासको मोडल र समग्र अर्थतन्त्रमा आफ्नै खालको बेग्लै शक्ति र सामथ्र्य बनाएको आधुनिक चिनले कोभिड १९ को आक्रमणको सावधानीपूर्वक प्रत्याक्रमण ग¥यो, गरिरह्यो । र, आज मार्च मध्यसम्म आइपुग्दा चीन कोभिड १९ को संक्रमणमुक्त राष्ट्र बन्नै लागेको छ भने बाँकी विश्व कोभिड १९ को कहरमा थलिदै थलिदै जान थालेको छ । एउटा देशले जनताको स्वास्थ्यलाई नै सिंगो राज्य, सरकार वा दलको जिम्मेवारी हो भनेर रातोदिन खटेर पूर्ण सेवाभावले काम गर्ने हो भने आधुनिक विश्वका कुनै पनि देश वा राज्यले जस्तासुकै बलिया भाइरसलाई पनि पराजित गरिदिन सक्छन भन्ने ताजा उदाहरण पनि हो, चीनले कोभिड १९ माथि हासिल गर्दै गरेको पछिल्लो विजय । र, यो विना हतियारको मानव स्वास्थ्य विरुद्धको अप्रत्याशित लडाईमा चीनले पाएको सफलताका कप्तान हुन चिनियाँ राष्ट्रपति सी ।

“सी यो लडाईंको मेरूदण्ड”

निश्चय नै अहिले चिनियाँ राष्ट्रपति सीः कोभिड–१९ विरूद्धको शुरूवाती युद्ध जित्ने योद्धा प्रमाणित भैसकेका छन । किन भने चिनबाट कोरोनाको उन्मुलन लगभग भैसकेको छ । केही सामान्य संक्रमण बाहेक अब यो पूर्ण नियन्त्रणको नजिक नजिक छ । यसरी चिनियाँहरुको नयाँ वर्षको हर्ष नै खोस्ने गरी फैलिन खोजेको कोभिड १९ लाई आफै नेतृत्वको सक्रिय प्रतिरोधबाट समाना गर्न सफल भए उनै चिनियाँ राष्ट्रपति सी । 

चिनियाँ राष्ट्रपति सी कोभिड–१९ विरूद्धको शुरूवाती युद्ध जित्ने योद्धा साबित हुन राष्ट्रपति सी बेइजिङमा आराम गरेर बसेनन् । कोरोनाभाइरस विरूद्धको युद्धको अगुवाइ गरिरहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भाइरसको केन्द्रबिन्दु हुबेइको वुहान पुगेर चिनियाँहरूमा हौसला प्रदान गरे । संकट वा महामारीका बेला सरकार वा राज्य पीडित जनताको साथमा हुन्छ, रहिरहन्छ भन्ने प्रमाणित गरे राष्ट्रपति सीले ।

वुहानमा कोभिड–१९ संक्रमण शून्य पारेपछि सी त्यहाँ गएर यो जीत वुहान र हुबेइको नभएर समग्र चीनको जीत भएको बताए । अपस्तालमा कार्यरत डाक्टर र स्वाथ्यकर्मीहरूको प्रयासको प्रशंशा सीले हात हल्लाएर गरे । सशस्त्र सैन्य कमाण्डो भन्दा पनि गहन जिम्मेवारी लिएर जनताको स्वास्थ्य अधिकार रक्षाका लागि अहोरात्र खटिएका हजारौं स्वास्थ्यकर्मीहरुको कामको कदर र मनोबल उच्च बनाउन राष्ट्रपति सीको बारम्बारको भ्रमण र हौसला युद्ध मैदानमा लडिरहेको सिपाहीलाई मिल्ने स्यावासी भन्दा कम साबित भएन । 


सार्स, मर्स र इबोलाजस्ता महामारीपछिको सरूवा महामारी कोभिड–१९बाट एक लाख बढी विश्वभर संक्रमित भइसकेको र एक सय बढी देशमा यो फैलिसकेको बेला यसको चिनियाँ केन्द्रबिन्दु वुहानमा संक्रमित शून्य भएको अवसरमा सीले यो उत्साह प्रदर्शन गरेका हुन् । तीन हजार बढीको चीनमै यो भाइरसबाट मृत्यु भइसकेको भए पनि अब कोभिडले यो संख्या थप्न नसक्ने निश्चित गरेपछि राष्ट्रपति सीले जनतालाई आफू र आफ्नो राज्यप्रति जनतालाई व्यवहारबाटै आश्वस्त, विश्वस्त बनाए । 


सन् १९४९ मा स्थापना भए यता साम्यवादी जनगणतन्त्र चीनको लागि सर्वाधिक चुनौती कोभिड १९ नै साबित भयो । किनभने यसले बिना हतियार जनताको स्वास्थ्य र देशको अर्थतन्त्र र समग्र राज्यको विकासको सूचाँकमा नै अनायास धाबा बोल्यो । कोभिड १९ को कहर व्यहोर्दै गर्दा यसबाट चीन आत्तिएन । बरु, धैर्य र संयमताका साथ यसको कारण र समाधानको लागि एकीकृत रुपमा लागि प¥यो । राष्ट्रपति सीले कोभिड–१९ विरूद्ध जनयुद्ध घोषणा गरे । गणतन्त्र चीनको स्थापनाका लागि संस्थापक माओले जनयुद्धको घोषणा गरेझै सीले कोरोनाभाइरससँग लड्न जनयुद्धको घोषणा गरेका थिए । 


अदृश्य शत्रुसँग लड्न उनले देशका सबै तागत लगाए । डाक्टर र वैज्ञानिकलाई हौसाएर, आम चिनियाँलाई सार्वजनिक विदा लम्ब्याएर घरमा बसाए । सहरहरू, व्यवसाय, सार्वजनिक स्थलको जमघट सबै बन्द गरे । अथक संघर्षका कारण चीनमा सकारात्मक संकेत देखा परेको छ ।

नयाँ संक्रमितको संख्या चीनको मुख्यभूमिमा सोमबार झरेर १९ मा आयो । एक महिना यो संख्या हजारौं थियो । चीनका धेरै प्रान्तमा नयाँ संक्रमितको संख्या शून्यमा झरेको छ । कोरोनाको केन्द्रबिन्दु भएको वुहानमा उपचार गरी फर्कनेको संख्या ३० हजार नाघेको छ ।

यस्तो अवस्थाप्रति सीले भने “शुरूवाती सफलता मिलेको छ । तर रोकथाम र नियन्त्रको काम अझ कठिन छ । निरन्तरतको प्रयासले यो पहाडजस्तो काम पनि पूरा गर्छौ ।” जनवरी २८ मा सीले विश्व स्वास्थ्य संगठन हुका महानिर्देशक टेड्रोज अधानोम गेब्रेयससलाई यो महामारी विरूद्धको अगुवाइ आफै गर्ने बताएका थिए । सीले वुहानको दुई पटक निरीक्षण भ्रमण गरे । उपचारमा खटिएकाहरूको र उपचारमा भर्ना भएकाहरूको हौसला अभिवृद्धि गरे ।

महानिर्देशक टेड्रोजले चिनियाँ जनताका लागि मात्रै होइन अन्य देशमा फैलिनबाट पनि चीनले गम्भीर मापदण्ड अपनाएको बताए । सीको भूमिका बारे चिनियाँ प्राध्यापक लिउ जिङबे भन्छन् –“सी यो लडाईंको मेरूदण्ड ।”

कोरोनाविरूद्धको यो लडाइँ चिनियाँ शैलीमा लडिएको उनीहरूको बुझाइ रहेको छ । जनवरी २५मा प्रधानमन्त्री ली केकियाङ नेतृत्वमा महामारीसम्बन्धी समिति गठन गरे । दुई दिन पछि उपप्रधानमन्त्री सुन चुनलानलाई हुबेइ पठाए ।

हुबेइका पार्टी प्रमुखहरूलाई पदबाट हटाए । चीनको समाजवादी प्रणालीको लाभ उठाउँदै सीले सबै स्रोतसधानको उपयोग गर्ने आदेश दिए । हुबेइमा ४२ हजार छ सय चिकित्साकर्मी पठाए । ८६ अस्पतालका साथै दुई नयाँ अस्पताल तत्काल दुईसाता भित्र निर्माण गर्न लगाए । १६ प्रदर्शनी हल र खेलकुद केन्द्रलाई कोरोना संक्रमितको उपचारस्थल निर्माण गर्न लगाए ।

हुको विज्ञ टोलीसँग चिनियाँ टोलीले संयुक्तरूपमा स्वास्थ्य अभियान सञ्चालन गरियो । क्यानडाका महामारी विज्ञ ब्रस अयलवार्डले चिनियाँ चिकित्सा प्रतिष्ठानहरूको तम्तयारी देखेर चीनको प्रशंसा गरेका थिए ।


यसको परीक्षण विधिमा सुधार गरी १५ मिनेटमा परीक्षण गर्न सकिने स्वास्थ्य किटको विकास गरियो । भाइरस परीक्षणमा रोग लागेको थाहा पाउने वित्तिकै उनको निशुल्क उपचारका लागि पठाउने गरियो । एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा यस्तो महामारी विरूद्धको अभियान सञ्चालन गर्नु आफैमा चानचुने विषय थिएन ।


जनताको स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर यो युद्ध सीले लडेका हुन् । दुनियाँ एक गाउँ भएकाले सबै मिलेर यसका विरूद्ध लडनु पर्ने सीले बताए ।


भाइरस कुनै देश विशेषको सीमा चिन्दैन अन्टाक्र्टिका बाहेक सबै ठाउँमा केही साताभित्र यो भाइरस फैलेकोले सबै देशले हातेमालो गरी अघि बढ्नुपर्ने सीले बताए ।


एक महिनाभित्र सीले १४ विदेशी नेताहरूसँग टेलिफोन गरे । यसमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन, साउदी नरेश सलमान बिन अब्दुलाजिज अल साउद र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत रहेका छन् । हुका महानिर्देशक टेड्रोजसँग भेटेरै छलफल गरेका थिए ।


यो महामारी चीनको प्रणाली र शासनको क्षमताको सबैभन्दा ठूलो परीक्षण भएको बताउँदै सीले कठिन भन्दा कठिन समयमा राष्ट्रिय संकटको व्यवस्थापन गर्न पाठ भएको बताए । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रवन्ध निर्देशक क्रिस्टालिना जोर्जिभाले सन् २०२०को दोस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्र आफ्नो सामान्य लयमा फर्किने बताएकी छिन् ।

यसैबीच सीले गरिबी निवारणका लागि टेलिफोन सम्मेलन गरेका छन् । २१औं शताब्दीको मध्यतिर चीनलाई आधुनिक समाजवादी देशको रूपमा विकास गर्ने उद्देश्य पूरा गर्न सबै एकजुट भई अघि बढनुपर्ने भन्दै सीले भने “समय र इतिहास कसैलाई पर्खदैन् ।” 

छिमेकको दुःखमा नेपाली साथः

नेपालको उत्तरी छिमेकी चीनले कोरोना भाइरसबिरुद्धको प्रारम्भिक लडाईँमा बिजय हासिल गरेकोमा अहिले नेपाली खुशी छन । सदिऔदेखि चीन र चिनियाँ जनतासँग नेपालीको आफ्नै विशिष्ट भाइचारा र सम्बन्ध छ । संकटका बेला केही मात्रामा भए पनि नेपालले चीनमा मास्क पठाएर सहयोग ग¥यो । चीनको संकट समाधानको कामनामा नेपालभर प्रार्थना गरिए, दीप प्रज्वलन भए । यसको परिणाम नेपाली विदेशमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षीबाट धन्यवाद पनि पाए । कोभिड १९ विरुद्धको चिनियाँ विजय ऊ आर्थिक मात्र नभई प्रबिधि, विज्ञानको क्षेत्रमा समेत शक्तिशाली भएको प्रमाणित गर्न सफल भयो । 


कोभिड १९ जस्तो खतरनाक महामारी रोग कहाँबाट कहिले सुरु हुन्छ भन्ने कुरा हँदैन, चीनबाट सुरु नभएको भए यति धेरै राजनीतिक र आर्थिक प्रभाव हुँदैनथ्यो । पश्चिमी मिडिया र राजनेताले पूर्वाग्रही भएर राजनीतिक पद्दतिमाथि नै आक्रमण गर्न जुन असफल प्रयास गरे, फलतः अहिले उनीहरु नै यसको मुख्य जोखिममा परेका छन । 


नेपालकै हकमा पनि कान्तिपुर लगायतका केही मुलधारका मिडिया र केही पश्चिमा एजेन्टहरु यही मौकामा चीनविरुद्ध जाई लाग्न नखोजेका होइनन् । कान्तिपुरले आफ्नो अंग्रेजी दैनिकमा चिनियाँ नेता माओ र त्यहाँको मुद्राकै अपमान गर्ने कार्टुन छापेर आफ्नो असली अनुहार देखायो । त्यसको समर्थनमा १७ जना सम्पादकहरुले चिनियाँ राजदूतावासको विरुद्ध विज्ञप्तीको खेती गरेर चीनलाई चिढ्याउने र मानवताविरुद्धको भाइरस आतंक र आक्रमणलाई नजरअन्दाज गर्न खोजे । तर पनि मानवता र प्रकृतिको सुरक्षाका निम्ति चिनियाँ संकटका बेला नेपालीहरु समग्रमा चीनको साथमा नै उभिए । 


सौभाग्य नै मान्नुपर्छ अझैसम्म नेपालमा कोभिड १९ को संक्रमणले प्रवेश पाएको छैन, भलै विश्व स्वास्थ्य संगठनले नेपाललाई जोखिमको सूचिमा राखेको किन नहोस ! चीनबाट कोभिड १९ को कहर सिद्धिदै जानु नेपाल जस्तो सानो देशका लागि उसै पनि निकै सुखद खबर हो । नेपालीको कामना त यही हो, चीनले जस्तै बाँकी विश्वले पनि कोभिड १९ लाई समयामा नै नियन्त्रणमा लिन सकोस ! कोरोना कहर अब धेरै नबल्झियोस, नेपालमा त पस्नै नपाओस !