कोरोनाको कहरबाट विद्यमान विश्व अर्थतन्त्रको क्षति नियन्त्रण योजना

कोरोनाको कहरबाट विद्यमान विश्व अर्थतन्त्रको क्षति नियन्त्रण योजना

काठमाडौ । कोरोनाभाइरसको प्रभावले विद्यमान विश्व अर्थतन्त्रमा पारेको क्षतिलाई नियन्त्रण गर्ने विषयमा विश्वका अर्थशास्त्रीहरूले छलफल गरिरहेका छन् ।

विश्वभरिका अर्थशास्त्रीहरूको छलफल र अभिव्यक्तिहरूको तुलनात्मक अध्ययनबाट एचडीएफसी बैंकका प्रमुख अर्थशास्त्री अभीक बरूवाले दुईटा स्वाभाविक स्वयंसिद्ध तथ्यबाट निस्केको बाटो सुझाएका छन् ।

पहिलो कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रणमा राख्नु नै हो । दोस्रो विषय वैश्विक मूल्य शृंखला( ग्लोबल भ्यालु चेन)को जटिल संयन्त्रलाई फेरि द्रुतगतिमा गुडाउनु रहेको छ ।

अर्थशास्त्रीहरू असामान्य ढंगले कोरानाभाइरसको असर रत्यसको रोकथामसम्बन्धी नीतिबाट सुरक्षित हुन्छन् । अमेरिकाका एक केन्द्रीय बैंकर थमस बारकिन भन्छन् “ केन्द्रीय बैंक खोप लिएर आउन सक्दैन।”

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भको प्रयास आकस्मिक दर कटौतीको नीतिबाट वित्तीय बजारलाई शान्त पार्नु हुन्छ । मार्च ३ आधा प्रतिशतको बिन्दु कटौती गरेको अवस्थाबाट वित्तीय बजार पुरानो ठाउँमा फर्किन सकेको छैन् । विश्वभरिको वित्तीय बजार फेडको दुखाइजस्तै दुखेको अनुभव गरिरहेको देखिएको छ ।

अर्थशास्त्रीहरू दुई कुरोमा सहमत देखिन्छन् । त्यो भनेको माग र आपूर्ति दुबैलाई धक्का लागेको छ ।अर्थतन्त्रहरूको उत्पादन प्रणाली रोकिएपछि यसले आम्दानीमा खाल्डो पार्नेछ । यसको अर्को अर्थ वस्तु र सेवाको आभाव हुन्छ ।अनि यहाँ स्फितिको समस्या छ ।

नीति निर्माताहरूका लागि यी तत्वहरूको वर्चस्वमाथि नियन्त्रण गर्नुपर्ने आवश्यकता छ । बजेट र मौद्रिक नीतिको विद्यमान वुद्धि घटदो मागमा ध्यान दिनुपर्ने हुन्छ ।

यसबारे सोचिरहँदा आपूर्ति र मूल्य असरको विषयलाई दिमागमा राख्नु पर्ने आवश्यकता हुन्छ । दोस्रो सम्भवतः महत्वपूर्ण विषय अर्थशास्त्रीहरू कोरोनाभाइरसका दुई असर हुनेमा सहमत हुन्छन् ।

तत्काल कारखाना र कार्यालय बन्द गर्दा उत्पादन र आम्दानी रोकिन्छ । तर दोस्रो अनि ठूलो महत्वपूर्ण विषय विश्वको आपूर्ति शृंखलामा असर पर्छ । विभिन्न देशका उत्पादनका चरणहरूको अवस्था फरक अवस्थामा टुक्रे टुक्रे अवस्थामा हुन्छ ।

औद्योगिक कच्चा पदार्थ उत्पादन गर्ने गरी कारखानाकी जननी चीनमा भाइरस उत्पन्न भएको र चीन यसबाट नराम्ररी प्रभावित भएको विद्यमान अवस्था छ । दोस्रो चरणको आपूर्ति शृंखला यो समय सर्वाधिक गम्भीर अवस्थामा रहेको छ ।

यस्तो अवस्थामा अनुसन्धानकर्ताहरूलाई औद्योगिक कच्चा पदार्थको  आपूर्ति गर्ने विषयम सोच्नु पर्ने हुन्छ । जुन सजिलो विषय होइन् ।

विश्वको मूल्य शृंखलाले भाइरसबाट अर्थतन्त्र कति छिट्टो आफ्नो क्षति सुधार गर्ने त्यसको निर्धारण गर्नेछ । यो आफैमा धेरै जटिल विषय पनि हो । मूल्य अभिवृद्धि फरक फरक भुगोलका आधारमा निर्माण हुन्छ ।

जर्मन कारको उत्पादन विभिन्न चरणको मूल्य अभिवृद्धिबाट पूरा हुन्छ । अस्ट्रेलियाको खानीबाट शुरू भएर चीनमा बन्ने पार्टपुर्जा पूर्वी युरोपमा प्रशोधन हुने अनि जर्मनीमा रंगरोगन भइ पूरा हुन्छ ।

जर्मनीको औद्योगिक अर्थतन्त्रको सुस्वास्थ्य  भाइरस प्रभावित चीनको मूल्य शृंखलालाई व्यवस्थित गर्नुपर्ने विषयसँग जोडिएको छ ।अहिले चीनले पश्चिमको निर्यातमा अन्तरमाध्यमिक हिस्सा कायम गरेको छ ।

 युरोप र अमेरिका चीनको कच्चा पदार्थमा निर्भर छन् । ठीक यहिबेला चीन आफ्ना एसियाली छिमेकीहरूमा कम निर्भर छ । उत्तर एसियाली देश दक्षिण पूर्वी एसियासँग बढी आबद्ध छन् ।यसको असरले दुई एसियाली कारखानाहरू निर्माण गरिरहन्छ ।

चीनको औद्यौगिक क्षेत्र आफैमा जटिल छ गैर चिनियाँ औद्योगिक क्षेत्रमा  दक्षिण कोरिया र आसियान देशहरू छन् । यस्तो परिदृश्यमा चीन स्वनिर्भरताको अर्थ एसियाका देशहरू बन्द भएको अवस्थामा चीनको औद्योगिक उत्पादन सापेक्षिकरूपमा प्रभावित हुने छैन् ।

चीन र बाँकी एसियाको कमजोर हुँदै गएको औद्योगिक सम्बन्धको अर्थ  आर्थिक सुधार आफै हुने होइन। चीन बाहेकका देशहरूको सुधारका लागि उनीहरूलाई केही न केही आफै गर्नुपर्ने हुन्छ ।

अधिकांश अर्थविदहरूले कोरोनाभाइरसको असले अर्थतन्त्र तीखो मन्दीबाट गुज्रिनेमा सहमति जनाइरहेको अवस्थामा यसको उपाय भनेको पहिलो संक्रमणमाथि नियन्त्रण र दोस्रो वैश्विक मूल्य शृंखलाको मेसिनलाई फेरि द्रुतगतिमा गुडाउनुपर्ने हुने देखिएको छ ।