कोरोना भाइरसले क्यानाडाका प्रधानमन्त्री पत्नीलाई समात्यो
काठमाडौ ।क्यानाडाका प्रधानमन्त्री जस्टिन पियरे जेम्स टुरुडउकी पत्नीलाई कोरोनाभाइरसले समातेको छ ।
टुरुडउको पत्नीमा कोरोनाभाइरस पोजिटिभ देखिएको छ । तर प्रधानमन्त्रीमा त्यस्तो लक्षण नदेखिएको जनाइएको छ ।
तर उनीहरूलाई एक्लो बस्नु पर्ने अवस्था विद्यमान रहेको छ ।
विश्वका १०० बढी देशमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर गरी मर्नेहरूको संख्या ४ हजार नाघेको छ भने संक्रमित हुनेहरूको संख्या १ लाख नाघेको छ ।
अधिकांश मर्नेहरूमा चिनियाँ नागरिक रहेका छन् । चीनको वुहान केन्द्रबिन्दु फैलिएको कोरोना संक्रमित शून्यमा झरे पनि अन्य देशमा फैलिँदै गएको देखिएको छ ।
प्रतिक्रिया