‘कोरोनाबारे के लुकाइ रहेका छौ ? , जवाफ देउ अमेरिका ’

‘कोरोनाबारे के लुकाइ रहेका छौ ? , जवाफ देउ अमेरिका ’

काठमाडौ ।अमेरिकाले वुहानमा सैनिक खेलका बेला कोरोनाभाइरस सारेको हुन सक्ने आंशका गर्दै चीनले अमेरिकालाई कोभिड–१९को केन्द्रबिन्दुबारे खुलासा गर्न भनेको छ ।

चीनको विदेशमन्त्रालयका प्रवक्ता लियिान झाओले अमेरिकी अधिकारीहरूले कोभिड–१९को उत्पत्तिसम्बन्धी तथ्य लुकाइरहेको बताएका छन् । 

कोरोनाभाइरस गरिएका अध्ययनका आधारमा अमेरिकी सेनाले चीनमा यो भाइरस सारेको हुन सक्ने देखिएको भन्दै उनले यसबारे खुलाउन भनेका छन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले परीक्षण हुनु अघि मरेका केही मृत्युहरू कोभिड–१९बाट मरेको स्वीकार गरिरहेको एक भिडियो बारे संकेत गर्दै चिनियाँ प्रवक्ता झाओले अमेरिकाका मानवअधिकारवादी गतिविधि निगरानी गर्ने संस्थालाई यसबारे स्पस्ट पार्न आग्रह गरेका हुन् ।

उनले एक ट्विट गरी यस्तो बताएका हुन् । झाओले ट्विटमा भनेका छन् –रोग नियन्त्रण तथा रोकथाम केन्द्र ठाउँमै समातियो । अमेरिकामा कहिले कोरोनाभाइरसका उत्पक्ति गराउने रोगी देखिए ? कति मानिसहरू संक्रमित भएका छन् ? अस्पतालका नामहरू के छन् ?अमेरिकी सेनाले वुहानमा कोरोना सारेको हुन सक्दैन र । अमेरिकाले यसबारे स्पस्ट पारोस”

रोग नियन्त्रण तथा रोकथाम केन्द्र र अमेरिकी जनरललाई यो भाइरस सार्ने व्यक्तिबारे थाहा होला यसबार जानकारी गराउनुपर्ने झाओको भनाइ छ । सार्वजनिक नगरिएको संक्रमित भएका व्यक्तिमा पहिलो पटक कोरोना भएको जसलाई ट्विटमा  ‘पेसेन्ट जीरो’ भनिएको छ ।

भिडियोमा रेडफिल्डले रूघा खोकीका केही बिरामीको गलत वर्गीकरण गरिएको स्वीकार गरेका छन् । त्यतिबेला  ठोस परीक्षण कोभिड–१९को उपलब्ध थिएन् । देखा परेको शुरूवाती व्यक्तिबारे रेडफिल्ड भन्दैनन उनी केही बिरामीको रोग निदानमा गलत भएको बताउँछन् ।

त्यो अज्ञात व्यक्तिको विवरण उपलब्ध छैन् । झाओको सिद्धान्तले गत वर्ष अक्टोबरमा वुहानमा विश्व सैनिक खेलकुद  भएको थियो । सैनिक प्रतिनिधिहरू वुहान पुगेका थिए। अक्टोबर पछि आएको डिसेम्बरमा यो रोग त्यही केन्द्रबिन्दु बनाएर फैलिन थालेको हो ।यो समयमा ३सय अमेरिकी खेलाडीहरूको प्रतिनिधिमण्डलले चार वर्षमा आयोजना हुने यो खेलमा भाग लिएको थियो ।

झाओ मात्रैले यो आंशका व्यक्त गरेका छैनन् । मलेसियाका पूर्व प्रधानमन्त्री कार्यालयका अधिकारी माथिास चाङले पनि चीन विरूद्ध अमेरिकाले चालेको जैविक व्यापार युद्ध भनी टिप्पणी गरेका थिए ।

३१ डिसेम्बर२०१९मा कोभिड–१९ चीनको वुहान फेला परेको हुले जनाएको छ । यो रोग वुहानको खाद्य बजारमा चमेरो, सालक जस्ता स्तनधारी जीवबाट फैलिएको हल्ला फिजियो । तर अहिलेसम्म यसको ठोस उत्पत्ति गराउने जन्तुबारे पत्ता लाग्न सकेको छ्रैन् ।