कोरोनाः चीनमा नियन्त्रण, इटाली आक्रान्त ; चीनले विश्व स्वास्थ्य संगठनलाई २० मिलियन डलर दिने

कोरोनाः चीनमा नियन्त्रण, इटाली आक्रान्त ; चीनले विश्व स्वास्थ्य संगठनलाई २० मिलियन डलर दिने

चीनमा कम हुँदै गरेको कोभिड–१९ को प्रकोप इटालीम भने बढिरहेको छ। शुक्रबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या एक हजार १६ पुगेको छ भने १५ हजार एक सय १३ जनामा संक्रमण देखिएको छ। इटालीमा बिहीबार मात्रै थप १८९ जनाको मृत्यु भएको छ भने थप २ हजार ६ सय ५१ जनामा संक्रमण देखिएको छ।

त्यस्तै इरानमा बिहीबार थप ७५ जनाको मृत्यु भएको छ भने थप एक हजार ७५ जनामा संक्रमण देखिएको छ। शुक्रबार बिहानसम्म इरानमा ४२९ जनाको मृत्यु भएको छ भने १० हजार ७५ जनामा संक्रमण देखिएको छ।

स्पेनमा बिहीबार थप ३१ जनाको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म स्पेनमा ८६ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ४६ जनामा संक्रमण देखिएको छ।

त्यस्तै अमेरिकामा बिहीबार थप ३ जनाको मृत्यु भएको छ भने थप ४४६ जनामा संक्रमण देखिएको छ। शुक्रबार बिहानसम्म अमेरिकामा ४१ जनाको मृत्यु भएको छ भने एक हजार ७ सय ४७ जनामा संक्रमण देखिएको छ।

तत्काल आवश्यक कदम चाल्न आग्रह

यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई फोन गरी कोभिड–१९ विरुद्ध तत्काल कदम चाल्न आग्रह गरेका छन्। महासचिव गुटेरेससँग राष्ट्रपति सीले अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्न आवश्यक रहेको बताए। कुराकानीमा अवसरमा राष्ट्रपति सीले विश्व स्वास्थ्य संगठनलाई २० मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने जानकारी पनि दिए।

कहाँ कति मृत्युः
चीन – ३,१७७
इटाली –१,०१६
इरान – ४२९
दक्षिण कोरिया – ६७
स्पेन – ८६
फ्रान्स – ६१
अमेरिका – ४१
जापान – २६
बेलायत – १०
इराक – ८
स्विजरल्यान्ड – ७
जर्मनी – ६
नेदरल्यान्ड्स, सान मारिनो, फिलिपिन्स – ५र५ जना
बेल्जियम, अस्ट्रेलिया, हङकङ, लेबनान – ३र३ जना
इजिप्ट, अल्जेरिया – २र२ जना
नर्वे, स्विडेन, अस्ट्रिया, क्यानडा, ग्रीस, भारत, आयरल्यान्ड, थाइल्यान्ड, पोल्यान्ड, ताइवान, इन्डोनेसिया, अर्जेन्टिना, अल्बानिया, बुल्गेरिया, अजरबैजान, पानामा, मोरक्को, गायना – १र१ जना