कोरोनाविरुद्ध प्रारम्भिक जीत हासिल गरेकोमा चीनलाई शुभकामना ः देव गुरुङ

कोरोनाविरुद्ध प्रारम्भिक जीत हासिल गरेकोमा चीनलाई शुभकामना ः देव गुरुङ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य एवम् प्रतिनिधिसभाका प्रमुख सचेतक देव गुरुङले विश्वभरि नै फैलिएको कोरोना भाइरसका विरुद्धको संघर्षमा चीनको प्रारम्भिक सफलताले ठूलो शिक्षा दिएको प्रतिक्रिया दिएका छन् । 

‘यो सफलताको पछाडि चिनियाँ नेतृत्व, सरकार, पार्टी र जनताको उल्लेखनीय ऐक्यबद्धता, जिम्मेवारीबोध र सक्रियता नै हो’ भन्दै गुरुङले अगाडि भने, ‘कोरोनालाई महामारीको रुपमा फैलन नदिन रातारात अस्पताल निर्माण गरेर विरामीको उपचार, घरघरमा पुगेर जनताको परीक्षण युद्धस्तरमा भयो । राष्ट्रपति सी जिन पिङले त यसलाई जनयुद्ध नै भनेर अभियानात्मक ढंगले नेतृत्व गरेको देखियो । डिसेम्बरबाट सुरु भएको महामारी उहानबाट चीनका अन्य क्षेत्रमा फैलन नदिएर आजसम्म आउँदा लगभग नियन्त्रणको अवस्थामा पु¥याउनु निकै नै स¥हानीय काम हो । यसबाट विश्वका सबै नेता र जनताले सिक्नुपर्छ ।’

मानवताका विरुद्ध आकस्मिक रुपमा पैदा भएको मानिएको कोरोना भाइरसका बारेमा अमेरिका, पश्चिमा राष्ट्र र मिडियाहरुले पूर्वाग्रहपूर्ण रुपमा भएको दुस्पप्रचारको विरोध गर्दै गुरुङले भने, ‘जब उहानबाट यो भाइरस सुरु भयो, अमेरिकाले आफ्ना कूटनीतिज्ञ तत्काल बोलायो, महामारी फैलनसक्छ भनेर भयंकर प्रचारबाजी सुरु ग¥यो । यसले दोस्रो विश्वयुद्ध ताका जसरी शत्रु राष्ट्रका विरुद्ध जैविक हतियार प्रयोग गरिए जसरी प्रयोग गरिएको त थिएन ? वैज्ञानिकले पुस्टि नगर्दै तथ्य, सत्य के हो त्यसबारेमा थाहा नपाउँदै बोल्नु त भएन तर अमेरिका र उसका निकट राष्ट्र र तिनका मिडियाले जसरी धेरै ठूलो महामारी फैलन्छ भनेर सुनियोजित रुपमा आतंक जो सिर्जना गरे, त्यो राम्रो भएन । यसैले आशंका गर्ने आधार निर्माण भएको छ । जेहोस चीनका नेता, पार्टी, सरकार र जनताको ऐक्यबद्धताले जुन उपलब्धि प्राप्त भएको छ यसमा म शुभकामना दिन चाहन्छु ।’