प्रधानमन्त्री ओली डिस्चार्ज, नियमित फलोअपमा रहनुपर्ने

प्रधानमन्त्री ओली डिस्चार्ज, नियमित फलोअपमा रहनुपर्ने

काठमाण्डौ । मृगौला प्रत्यारोपणपछि शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् ।

प्रधानमन्त्री ओली शुक्रबार बेलुकी ६ः३० बजे अस्पतालबाट डिस्चार्ज भएका थिए । गत फागुन १९ गते अस्पताल भर्ना भएर २१ गते मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिए ।  

चिकित्सकहरुले प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु राम्रो अवस्थामा रहेको बताएका छन् ।

डिस्चार्जपछि पनि प्रधानमन्त्री नियमित फलोअपमा रहने उनका निजी चिकित्सक डा दिव्यासिंह शाहले विज्ञप्तिमार्फत जानकारी दिइन । 

 मिर्गौला प्रत्यारोपण गराएको १० औँ दिन डिस्चार्ज भएका ओलीलाई उहाँकी भाञ्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन। 

 प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।