अमेरिकाबाट यसरी फैलियो कोरोनाभाइरस

 अमेरिकाबाट यसरी फैलियो कोरोनाभाइरस

काठमाडौ । अमेरिकाले कोरोनाभाइरस आफू कहाँ फैलिएको कुरो लुकाउन चाहेको छ । कोरोनाभाइरससम्बन्धी पश्चिमा मिडियाको कोकोहोलोमा यसबारेको वास्तविकता ओझेलमा परेको छ । फर्दर इभिडेन्स द्याट द भाइरस ओरिजिनेटेड इन द युएस शीर्षकमा ल्यारी रोमानोभले स्पस्ट पारेका छन् ।

ताइवानी फिजिसियनले अगस्ट २०१९मा अमेरिकामा एक कडा खाले फोक्सोको न्युमोनियाबारे थाहा पाएका थिए ।  यसलाई अमेरिकाले इ सिगरेटको भ्यापिङबाट निस्केको आरोप लगाएर पन्छियो । तर वैज्ञानिकहरूले यस्तो लक्षण भ्यापिङबाट हुन नसक्ने दाबी गदै अमेरिकी अधिकारीहरूलाई संदिग्ध मृत्युहरू कोरोनाभाइरस जस्तो भाइरसबाट भएको भने । तर तिनको दाबीलाई त्यतिखेर बेवास्ता गरियो ।

यो घटनाको केही समय अघि त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले मेरील्यान्डस्थित फोर्ट डेट्रिकस्थित अमेरिकी सेनाको मुख्य जैबिक प्रयोगशाला बन्द गरायो । यो प्रयोगशालाबाट रोगाणु बाहिरिएको वा यसको सुरक्षा व्यवस्था पूर्णरूपमा सुरक्षित नभएको भन्दै सीडीसीले यसलाई बन्द गराएको थियो । यो घटना इसिगरेटको महामारीसम्बन्धी विषय सार्वजनिक भए लगत्तै भएको थियो ।

सेप्टेम्बर २०१९मा अमेरिकाको हवाइमा  जापानी नागरिकहरू संक्रमित भएको फेला परेको थियो । यो संक्रमण फोर्ट डेट्रिकको अमेरिकी सेनाको प्रयोगशाला बन्द भए लगतै अमेरिकी भूमिमा देखा परेको संक्रमण चीनको वुहानमा देखापरेको संक्रमण अघि देखिएको थियो ।

पछि यस सम्बन्धी  चिनियाँ समाजिक सञ्जालमा अर्को आलेख देखा प¥यो । यसमा अक्टोबर १८–२७ ,२०१९मा चीनको वुहानमा भएको विश्व सैनिक खेलमा आएका पाँच विदेशी खेलाडी वुहानको भ्रमणका बेला अज्ञात संक्रमणबाट अस्पताल भर्ना भएको उल्लेख गरिएको पाइयो ।

यो आलेखले वुहान भर्सनको भाइरस अमेरिका पछि मात्र वुहानमा आएको स्पस्ट व्याख्या गरेको छ । वुहान भाइरसलाई हाँगाको भाइरस भनियो र यसको जरो वुहान नभएको भनियो ।  यसले यो भाइरसको रूख अमेरिका मात्र हुन सक्ने भनियो ।

चिनियाँ आलेखका अनुसार यो भाइरस चीनमा सारिएको सम्भावनालाई बलियो पा-यो ।  विश्व सैनिक खेलकुदमा भाग लिन आएका अमेरिकी टोलीमा केही सदस्य फोर्ट डेट्रिकको भाइरस दुर्घटनाबाट संक्रमित भएको अवस्थामा यो संक्रमण प्रसार हुने अवधि उनीहरूको वुहान बसाइ घुमाइको बेलामा पूरा हुन सक्ने र उनीहरूबाट वुहानका हजारौं मानिसमा सारेका हुन सक्ने दाबी पुष्टि हुने सम्भव रहेको छ । उनीहरूको  घुमाइले गर्दा यो वन डढेलो गरी भएसरी फैलिएको हुन सक्ने छ । 

यो सम्भावनाले वुहानमा अमेरिकी सेनाको टोलीबाट सारिएको हुन सक्ने बताए पनि यदि उनीहरूका अतिरिक्त अन्य अमेरिकी सेनामा संक्रमण भएको अवस्थामा पहिलो संक्रमित व्यक्ति वा पेसेन्ट जीरो कहिल्यै फेला पर्न नसक्ने देखिन्छ ।

अर्को आलेख  नोभेम्बर २०१९मा मानिसमा भएको संक्रमण देखा परेको कुरो साइन्स म्याग्जिनमा छापिएको छ । यो आलेख वासिंटनको जर्जटाउन युनिभर्सिटीमा सरूवा रोग विज्ञ डेनियल लुसीले लेखेका छन् । त्यतिखेर संक्रमण वुहानमा देखिएको थिएन् । यसले यो भाइरस वुहानको सीफुड बजारमा फैलिनु अघि अन्यत्र उत्पत्ति भएको दर्शाउँछ । अझ एक समूहले यसको उत्पत्ति १८ सेप्टेम्बर २०१९ भन्दा पहिले भएको बताउँछ ।

विश्वव्यापी कोरोनाभाइरस वुहानको सीफुड बजारबाट फैलिएको हुन नसक्ने यस्ता विषयले दर्शाउँछ ।
 विश्वभरि कोरोनाभाइरस  द्रुतगतिमा फैलिरहेको चिन्तासँगै यो वुहानबाट फैलिएको भन्ने बहस भइरहेका बेला विभिन्न तथ्यले यसलाई सही साबित नगरेको ल्यारी रोमानोफको भनाइ छ ।
पहिलो क्लिनिकल केस द ल्यानसेटमा प्रकाशित भयो । यसले यो परिकल्पनालाई चुनौती दिन्छ । विभिन्न चिनियाँ अनुसन्धानकर्ताहरूको टोलीले तयार पारेको विवरण पत्रमा अस्पतालमा भर्ना भएका पहिला ४१ जना रोगीहरूको बारे विवरण दिइएको छ । 

शुरूवाती समयमा बिरामी परेका व्यक्ति १ डिसेम्बर २०१९बारे उल्लेख गरिएको छ । उनको सम्बन्ध सीफुड मार्केट सँग नरहेको पाइएको छ । उनीहरूले तिनमा कुनै महामारीसम्बन्धी लक्षण देखा नपरेको जनाए । उनीहरूले गरेको अध्ययन आँकडामा ४१ मध्ये १३को सम्बन्ध सीफुड मार्केटसँगनरहेको पाए ।१३ जनाको संख्याको सम्बन्ध सीफुड मार्केटसँग नहुनु आफैमा अर्थपूर्ण रहेको डेनियल लुसी बताउँछन् ।

चिनियाँ स्वास्थ्य अधिकारी र विश्व स्वास्थ्य संगठनका स्वास्थ्य अधिकारीहरूको शुरूवाती प्रतिवेदनमा भाइरसका लक्षण भएको पहिलो व्यक्ति ८ डिसेम्बर २०१९ रहेको देखिएको उल्लेख छ ।साथै ती प्रतिवेदनहरूले समान्यरूपले अधिकांश केसको सम्बन्ध सीफुड मार्केटसँग रहेको  जनाउँछ ।

लुसीका अनुसार वुहानमा भाइरस बाहिरबाट आएको छ । नयाँ डेटा सही छन भने पहिलो संक्रमण भएको व्यक्ति नोभेम्बर २०१९मा भएको छ ।यस्तोमा चीनले यो भाइरस वुहानमा उत्पत्ति भएको नमानेको हुनुपर्ने लुसीले साइन्स इन्साइडरलाई बताए ।

स्क्रिप्स रिसर्च इन्स्टिच्युटका विकासवादी जैबिक विज्ञ क्रिस्टियन एन्डर्सनले कोरोनाभाइरसको उत्पत्तिबारे स्पस्ट पार्ने प्रयास गरेका छन् । उनले २७ जीनोमहरूको व्याख्या जनवरी २५मा गरेका छन् ।उनका अनुसार यसको उत्पत्ति कम्तीमा १ अक्टोबर २०१९ यता हुन नसक्ने देखिएको छ ।

चाख लाग्दो विषय भनेको लुसीले मर्सका बारेमा उल्लेख गरेका छन् । शुरूमा मर्स जुन २०१२मा साउदी अरबबाट फैलिएको भनियो पछि यो सोही वर्षको अप्रिलमा जोर्डनबाट फैलिएको प्रमाणित भयो । जोर्डनमा मृत भएका व्यक्तिको नमूना परीक्षणबाट त्यस व्यक्तिमा मर्सको भाइरस फेला परेपछि पुष्टि भएको लुसीले उल्लेख गरेका छन् ।

पश्चिमा मिडिया सदैव सार्स ,मर्स र जिका जस्ता भाइरसको उत्पत्तिबारे गरेको जानकारी समग्रमा पछि गलत भएको साबित भएको देखिएको छ ।

कोरोनाभाइरसको केसमा पनि पश्चिमा मिडियाले वुहानको सीफुड मार्केटबाट फैलिएको खबर ठेलीका ठेली छापिरहेका छन् ।साथै यो चमेरो वा अन्य जंगली जनावर खाँदा भएको भनिरहेका छन् । उनीहरूले भनेको सबै गलत साबित भएको छ ।

यो अमेरिकाबाट मात्र फैलिएको सम्भावना बलियो भएर गएको छ । कोभिड–१९को ओरिजनल सोर्स अमेरिकाको फोर्ट डेट्रिक जैबिक युद्धकलासम्बन्धी प्रयोगशाला हो । सीडीसीले त्यसलाई बन्द गराएको हो । यहाँ सन् २००५ देखि २०१२सम्म अमेरिकाले यहाँबाट १०५९ रोगाणु कि त चोरियो वा निस्केको अनुभव गरेको थियो ।१० वर्ष अघि यहाँबाट यस्तो रोगाणु औसत तीन दिनमा एक निस्केको थियो ।