अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरस संक्रमित हुन सक्ने 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरस संक्रमित हुन सक्ने 

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसबाट संक्रमित हुन सक्ने आंशका बढेको छ ।

गत शनिबार ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोसँगको भेटमा अमेरिकी राष्ट्रपति ट्रम्प हात मिलाएकाले यस्तो आशंका बढेको हो ।

ब्राजिलका राष्ट्रपति बोल्सोनारोमा कोभिड–१९ संक्रमण भएको समाचार सार्वजनिक भएपछि ट्रम्पलाई यो महामारी सरेको हुन सक्ने देखिएको हो ।

बोल्सोनारो र उनको प्रतिनिधिमण्डलसँग फ्लोरिडाको ट्रम्प मार ए लागोमा भेटेका थिए । बिहीबार बोल्सोनारोको प्रेस सेक्रेटरी फाबियो वाजनगार्टनमा कोरोनाभाइरस देखियो ।

पछि बोल्सोनारोले  आफ्नो परीक्षण गराउँदा पजिटिभ नतिजा आएको ओ डिया समाचार पत्रले उल्लेख गरेको छ ।

अखबारको समाचारलाई बोल्सोनारोका छोरा एडुवार्डोले गलत भनेका छन् ।

अखबार स्रोत सही साबित भए अमेरिकी राष्ट्रपति ट्रम्पमा संक्रमण भएको हुन सक्ने देखिएको छ ।

ट्रम्पले भने आफू परीक्षण गराउने योजनामा नरहेको जनाएका छन् ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रउडोकी पत्नीमा कोरोनाभाइरस देखिएपछि उनी आफै एकान्तवासमा बसेका छन् ।

कोरोनाभाइरसबाट विश्वभर १लाख बढी संक्रमित भएका छन् भने ५ हजार बढीको मृत्यु भइसकेको छ ।