चिनियाँ अर्बपति ज्याक माद्वारा अमेरिकालाई १० लाख मास्क ५लाख टेस्ट किट दिने घोषणा
काठमाडौ । चिनियाँ अर्बपति ज्याक माले अमेरिकालाई १० लाख मास्क र ५ लाख कोरोनाभाइरस परीक्षण किट पठाउने घोषणा गरेका छन् ।
सबै मानिस मिलेर काम गर्नुपर्ने भन्दै अलिबाबा अर्बपति ज्याकले यो दानको घोषणा गरेका हुन् ।
जुटेमा उभिन्छौ , टुक्रेमा लड्छौ भाव दिने गीत“ युनाइटेड वी स्टयान्ड,डिभाइडेड वी फल”गाउँदै यो दान दिएका हुन् ।
ज्याक मा फाउन्डेशन र अलिबाबा फाउन्डेशनले जापान, कोरिया, इटली र इरानमा कोरोनाभाइरस विरूद्ध लड्न आवश्यक वस्तु पठाउन समन्वय गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ । अब हामीले अमेरिकालाई १० लाख मास्क र ५ लाख परीक्षण किट पठाउन स्रोत जुटाएका छौं भनिएको छ ।
आफ्नो देशको अनुभवका आधारमा यी वस्तु कोरोनाभाइरस विरूद्धको लडाइमा र रोकथाममा प्रभावकारी भएको ज्याक माले जनाएका छन् । हाम्रो सहयोगले अमेरिकालाई महामारी विरूद्ध लडन सहयोग मिल्ने विश्वास लिएको भन्दै ज्याक माले यो महामारीको चुनौती विश्वका मानवजातिका लागि एक विशाल चुनौती भएको बताए ।
यो महामारी कुनै एक देशले समाधान गर्ने महामारी नभएकोले यसका लागि हामी सबै मिलेरअघि बढनुपर्ने विज्ञप्तिमा बताएका छन् ।
चीनमा कोरोनाभाइरस फैलिरहेका बेला अमेरिकीहरूले यसलाई त्यहाँको राजनीतिक प्रणालीसँग चिनियाँ शासन प्रणालीको आलोचना र भ्रम फैलाउने प्रचारबाजीमा लागेका थिए ।
अमेरिका लगायत अन्य देशमा कोरोनाभाइरस फैलिएका बेला चिनियाँ अर्बपति र सरकारले यसको उपचार विधिको साझेदारी गर्ने प्रस्ताव अगाडि बढाएको देख्दा सामाजिक सञ्जालमा प्रशंसा गरिएको छ ।
प्रतिक्रिया