फ्रान्सका पहेलो भेस्टधारी प्रदर्शनकारीद्वारा कोभिड–१९ प्रतिबन्धको अवज्ञा

फ्रान्सका पहेलो भेस्टधारी प्रदर्शनकारीद्वारा कोभिड–१९ प्रतिबन्धको अवज्ञा

काठमाडौ । फ्रान्सका पहेलो भेस्टधारी प्रदर्शनकारीले कोरोनाइभारस फैलिने आंशकामा सभा जुलुशमा सरकारद्वारा लगाइएको प्रतिबन्धको अवज्ञा गरेका छन् ।

सरकार विरोधी साप्ताहिक प्रदर्शनका क्रममा राजधानी पेरिसमा उनीहरूले सरकारी आदेशको उल्लंघन गरेका हुन् । 

फ्रान्सका गृहमन्त्री क्रिस्टोफे कास्टनरले सबै सभा जुलुशमा प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीले प्रदर्शन गरे ।

लगातार ७०औं सातामा यो आन्दोलन प्रवेश गरेको हो यसलाई तह लगाउने फ्रान्स सरकारले राजधानी पेरिसका गली गलीमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

प्रदर्शनकारीमाथि प्रहरीले आशु ग्यास प्रहार गरेको छ ।

बिहीबार देशको नाम सम्बोधनमा राष्ट्रपति इम्मानुएल म्याक्रोनले स्कूल बन्द गर्न घोषणा गरे र मानिसहरूलाई एक आपसमा गरिने निकटतम सम्पर्क बन्द गर्न आग्रह गरेका थिए ।

फ्रान्समा कोरोनाभाइरसबाट ७९ जनाको मृत्यु भएको छ भने ३६०० भन्दा बढी संक्रमित  भएका छन् ।