वुहान लकडाउनले चिनियाँ नेतृत्वलाई नियन्त्रण गर्न सफलता
काठमाडौं । चीनले कोरोनाभाइरस प्रभावित प्रान्त वुहान सहरमा आवतजावतमा रोक लगाएर गरेको लक डाउनबाट कोरोनाभाइरस दु्रतगतिमा बाहिरिन नपाएको एक अन्तर्राष्ट्रिय अध्ययनले जनाएको छ ।
वुहानबाट अन्य चिनियाँ शहरमा भाइरस फैलिन करिब तीन दिनको समय लागेको र भाइरस लागेको पुष्टिभएकाहरूलाई सम्पर्क विहीन गरी उपचार गर्न सहयोग मिलेको अध्ययनमा जनाइएको छ ।शहर बाहिर ७.४४ लाख संक्रमित केस मध्य फेब्रुअरीमा पुष्टि भइसकेको थियो ।
वुहानमा यात्रा प्रतिबन्ध लगाउनाले चीनमा २लाख २हजारले कमी आयो । यसले महामारीको बृद्धिमा ढिलाइ भयो र अन्य क्षेत्रमा सक्रियता देखाउन समय प्राप्त भएको अध्ययनमा भनिएको छ ।
यो अध्ययन चीन, अमेरिका र बेलायतका गरी २२ वैज्ञानिकहरूको टोलीले पूरा गरेको छ । चाइना डेलीका अनुसार यसका नतिजाहरूबारे बहस शुरू भएको छ ।
वुहान बन्द गर्दा ५ करोड भन्दा बढी मानिसलाई जनवरी २३ देखि लकडाउनमा बाच्नु प-यो । तर चीनको यो कदमलाई राष्ट्रसंघको स्वास्थ्य नियोग हुले प्रशंसा गरेको छ ।
गत डिसेम्बरमा फैलिएको भाइरसबाट जोगाउन ६ करोड मानिसलाई लक डाउनमा राखेका बेला चीनको व्यापक आलोचना भयो । चाइना मनिंङ पोस्टमा प्रकाशित अध्ययन अनुसार नोभेम्बर १७मा पहिलो केस फेला परेको थियो ।
उपचार गर्दा गर्दै चिनियाँ डाक्टरहरूलाई यो नयाँ खालको रोग भएको डिसेम्बर अन्त्यमा थाहा भएको थियो । ३१ डिसेम्बर २०१९सम्म
संक्रमितको संख्या २६६ थियो । १ जनवरी २०२०मा यो संख्या बढेर ३८१ पुग्यो । यो नयाँ रोग भएको जानकारी दिने पहिलो २९ वर्षीय डाक्टर लि वेनलियाङको त्यसपछि मृत्यु भयो ।
जनवरी ११ देखि लक डाउनको बीचमा ४३ लाख मानिस बाहिर यात्रा गरेको देखिएको छ ।
लकडाउन गर्दा भाइरसलाई सर्न २.९१ दिनको समय लिएको पाइयो ।यसबाट चीनको आधा भूभाग र १३० शहरमा फैलिन ढिलाइ भएको अध्ययनबाट देखिएको हो ।
हुले कोरोनभाइरसका संकटलाई महामारीको घोषणा गरी सकेको छ । यो ११० देशमा फैलिसकेको छ ।१लाख ३४हजार बढी विश्वभर संक्रमित भएका र ५ हजार बढीको ज्यान डिसेम्बर अन्त्य यता गइसकेको छ ।
प्रतिक्रिया