चौबीस घन्टा भित्रै बेलायतमा कोरोनाबाट मर्नेको संख्या दोब्बर ,मर्ने अधिकांश बूढापाका
काठमाडौ । चौबीस घन्टा भित्रै बेलायतमा कोरोनाभाइरसबाट मर्नेको संख्या दोब्बर पुगको छ । थप १० जनाको मृत्यु भएर कुल २१ जनाको मृत्यु भएको हो ।
बेलायतका प्रमुख चिकित्सा अधिकारी प्रोफेसर क्रिस विटीले मर्ने सबै बिरामी जोखिम समूहका रहेको बताए ।
मर्नेहरू सबै ६० वर्ष नाघेका थिए । मर्नेहरू लन्डन, बर्मिघम र लेसिस्टरलगायतका ठाउँमा उपचारमा रहेकाहरूको मृत्यु भएको हो ।
प्रमुख चिकित्साअधिकारी विटीले मृत्यु हुनेको संख्या दोब्बर हुनु चिन्ताको विषय भएको र मानिसहरू जीवन जोगाउने मापदण्ड अपनाउनुपर्ने बताए ।
हरेक व्यक्तिको भूमिका यो भाइरस विरूद्धको लडाइमा महत्वपूर्ण भूमिका हुने भएकाले सबैले सहयोग गनुपर्ने उनले जनाए ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अधिकारीहरूसँग यस विषयमा गम्भीर छलफल गरिरहेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया