अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोना परीक्षण निगेटिभ
काठमाडौ । परीक्षण गराउन नाइ भन्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परीक्षण निगेटिभ आएको हो ।
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोसँग भेटवार्ताका क्रममा टेबल सेयर गरेका र हात मिलाएकाले परीक्षण गराउनुपर्ने दवाबका कारण ट्रम्पको परीक्षण गरिएको हो ।
गएराति गम्भीर छलफल गर्दा कोरोनाभाइरस कोभिड–१९को परीक्षण निगेटिभ आएको राष्ट्रपति कार्यालय ह्वाइटहाउसले जनाएको छ ।
टम्पका डाक्टर सिन पी कोनलीले ट्रम्पमा कोरोनाभाइरस नदेखिएको स्पस्ट पारेका छन् ।
अमेरिकी राष्ट्रपतिले भेटेका ब्राजिलियाली प्रतिनिधिहरूमा कोरोनाभाइरस भएको भन्दै उनमा कोरोनाको संक्रमण हुन सक्ने समाचार ब्राजिलका अखबारमा सार्वजनिक भएको थियो ।
त्ये समाचार पछि ट्रम्पले आफूले परीक्षण नगराउने बताउँदै आएका थिए पछि दवाब बढेपछि परीक्षण गराउँदा निगेटिभ भएको जानकारी उनको डाक्टरको तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया