स्पेनी प्रधानमन्त्री पत्नीमा कोरोनाभाइरस भएको पुष्टि
काठमाडौ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चजेकी पत्नी बेगोना गोम्समा प्राणघातक कोरोनाभाइरस देखिएको पुष्टि गरिएको छ ।
कोरोनाभाइरसलाई नियन्त्रणमा लिन स्पेनलाई लक डाउन गरिएको छ । अतिअनिवार्य गतिविधि बाहेक सबैलाई घरमै बस्ने आदेश दिइएको छ ।
प्रधानमन्त्री कार्यालयले गोम्स र उनका पति सहज अनुभव गरिरहेको जनाएको छ ।
स्पेनमा कम्तीमा १९३ जनाको मृत्यु भइसकेको छ भने ६ हजार बढी संक्रमित भएको छ ।
घरमा बसेर कोरोनाभाइरस विरूद्धको लडाइमा सहयोग गरिरहेका जनताका लागि रासनपानीको आभाव हुन सक्ने आंशकाा बढेर गएको छ ।
शिक्षण संस्थानलाई बन्द गरिएको छ ।युरोपियन देशहरूमा कोरोना फैलिएको देशमा स्पेन प्रमुख भएर आएको देखिएको छ ।
कोरोनाका लागि सबै भन्दा बलियो घर युरोपमा इटली बन्न पुगेको र यसलाई गएको मंगलबारदेखि लक डाउन गरिएको छ ।
प्रतिक्रिया