सातवटै प्रदेशका मुख्यमन्त्रीहरूलाई काठमाडौं डाकियो 

सातवटै प्रदेशका मुख्यमन्त्रीहरूलाई काठमाडौं डाकियो 

काठमाडौं, २ चैत । सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई कोरोनाको बिषयमा छलफल गर्न काठमाडौं बोलाएको छ ।

नेपालमा समेत कोरोनाभाइरस संक्रमण देखिन सक्ने खतरा बढेसँगै संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौ बोलाएको हो । कोरोनाको सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर जान सकिन्छ छलफल गर्न मुख्यमन्त्रीहरूलाई बोलाइएको बालुवाटार स्रोतले बताएको छ । 

नेपाल सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेसँगै सोही समितिले बैठकको आयोजना गरेर मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाएको हो । बैठक दिउँसो एक बजे सिंहदरबारमा बस्नेछ ।

सो बैठकमा मुख्यमन्त्रीसँगै सबै प्रदेशको सामाजिक विकास मन्त्री सहभागी हुने जनाइएको छ ।