सार्क देशको भिडियो कन्फरेन्सले पनि भारत–पाकिस्तानको कटुता बढायो

सार्क देशको भिडियो कन्फरेन्सले पनि भारत–पाकिस्तानको कटुता बढायो

काठमाडौं । कोरोना भाइरसको प्रकोप रोक्नका लागि सार्क देशहरुको भिडियो कन्फरेन्स भयो । भिडियो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विकासशील देशका लागि धेरै चुनौती रहेको बताए । उनको पहलमा नै यो छलफल भएको थियो । 

उनले आपतकालीन कोष निर्माणका लागि एक करोड डलर आफूले दिने घोषणा गरे । 

सार्क देशको यो वैठकमा पाकिस्तानले जम्मु कश्मिरमा अनुच्छेद ३७० हटाएर अहिले भारतले लगाएको प्रतिबन्ध हटाउन माग ग¥यो । 

यसले पाकिस्तान र भारतको बीचमा कटुतालाई थप बढाएको भन्दै भारतीय मिडियाले उठाएका छन् ।  

राष्ट्रिय संकट परेको बेलामा भारतले जम्मु–कश्मिरमा प्रतिबन्ध लगाउनु जायज होइन । यसमा पाकिस्तानले उठायो भन्दा पनि भारत आफैंले सोंच्नुपर्ने हो ।