अमेरिकामा सामान किन्नेहरूको हारालुछ

अमेरिकामा सामान किन्नेहरूको हारालुछ


काठमाडौ । अमेरिकीहरूले दैनिक उपभोगका सामान थुपार्न थालेको भिडियो भाइरल भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले नागरिकलाई त्यसो नगर्न चेतावनी दिएका छन् ।

कोरोनाभाइरसले गर्दा आपूर्ति हुन नसक्ने भयले भयभित भएका अमेरिकीहरूले दैनिक उपभोगका सामान घरमा थुपार्न थालेका छन् ।

उनीहरूले टोइलेट पेपर र ह्यान्ड स्यानिटाइजर जस्ता दैनिक उपभोगका सामानको लागि पसलमा हारालुछ गरेको देखेपछि राष्ट्रपति ट्रम्पले त्यसो नगर्न सावधान गराएका हुन् ।

ट्रम्पले अमेरिकीलाई नआँतिन भन्दै जीवन सहजरूपमा बाँच्न भने ।

अमेरिकाका हरेक स्टोरमा दैनिक उपभोगका सामान किन्नेहरूले समान्य भन्दा ३ देखि ५ गुनासम्म बढी किन्न थालेका हुन् ।

ट्रम्पले पसलका प्रमुख कार्यकारीहरूलाई जनताको यो प्रवृतिलाई बुझेर सामान बेच्न आग्रह गरेका छन् । 

क्रोगर र पब्लिक्स जस्ता राशनका पसलले आफ्नो पसल खोल्न समय तालिका परिवर्तन गर्न लागेको जनाएका छन् ।