अमेरिकाको स्टक बजार १९८७यताकै सबैभन्दा खराब बिन्दुमा झ-यो

अमेरिकाको स्टक बजार १९८७यताकै सबैभन्दा खराब बिन्दुमा झ-यो

काठमाडौ । विश्वको स्टक मार्केट फेरि आरालो लागेको छ । विश्वका केन्द्रीय बैंकहरूले कोरोनाभाइरसको असरलाई सहज बनाउन मिलेर प्रयास गर्ने घोषणा गरिरहेका बेला फेरि विश्वको स्टक मार्केट तलतिर झरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्थतन्त्र मन्दीतर्फ जान सक्ने भने लगत्तै डउ जोन्स इन्डेक्स १२.९ प्रतिशतमा बन्द भयो । ४ प्रतिशत तलतिर लन्डनको एफटीएसइ १०० बन्द भयो भने अन्य प्रमुख युरोपेली बजारका सूचकहरू यस्तै प्रतिक्रिया जनाए ।

आइतबार  अमेरिकाको रिजर्भ बैंकले ब्याजदर शून्य नजिक लाने र ७ खर्ब अमेरिकी डलर बराबरको प्रोत्साहन कार्यक्रम ल्याउने घोषण गरेको थियो । बेलायत, जापान, क्यानाडा र स्विट्जरल्यान्डका साथ युरोजोनले मिलेर अगाडि बढ्ने जनाएको थियो ।

तर कोरोनाभाइरस विश्व व्यापी महामारी विरूद्ध लड्न  केन्द्रीय बैंकले गर्न सक्ने पहल अब थोरै विकल्प बाँकी रहेकोमा लगानीकर्ता चिन्तित रहेका छन् ।  बैंक अफ इंग्ल्यान्डका नयाँ गभनैर एन्डरु बालिभले  कोरोनाभाइरस महामारीबाट अर्थतन्त्रलाई हानी पुग्ने भए त्यसलाई रोक्न आश्यक कदम फेरि उठाइने प्रतिबद्धता जनाए ।

सीएमसी मार्केटका विश्लेषक डेभिड म्याडनले केन्द्रीय बैकरहरूले बजारलाई शान्त र्पा खोजिरहेका बेला यसको असर उल्टो दिशामा गइरहेको छ ।